नेपालमा पनि कोरोनाको नयाँ भाइरस “ओमिक्रोन” भेटियो

२० मंसिर, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको पुष्टि भएको छ । आज सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

एक जना ६६ वर्षीय विदेशी नागरिक र उहाँसँग सम्पर्कमा रहनुभएका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमितहरुको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

संक्रमित दुबैजनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाइसक्नुभएको बताइएको छ । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको बताइएको छ ।