फोनिज कर्णाली प्रदेश अध्यक्षमा शाक्य निर्वाचित


२६ पौष, सुर्खेत । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेश अध्यक्षमा प्रवाश कुमार शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

वीरेन्द्रनगरमा आज सम्पन्न फोनिज कर्णाली प्रदेशको दोश्रो प्रादेशिक महाधिवेशनबाट अध्यक्षमा शाक्य निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा धर्म थापा (दैलेख), महिला उपाध्यक्षमा कल्पना ढेंगा मगर (सुर्खेत), महासचिवमा रत्न सुनुवार (सुर्खेत), संगठन सचिवमा हरीप्रकाश पुन मगर (सल्यान), संस्थागत सचिवमा खगेन्द्र राना मगर (दैलेख) र कोषाध्यक्षमा दिपा गाहा मगर (सुर्खेत) निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा नन्दराम धर्ती मगर (सुर्खेत) निर्विरोध निर्वाचित हुनुभएको छ भने बाँकी सदस्यहरु पहिलो बैठकबाट चयन गरिने बताइएको छ । यसैगरि केन्द्रिय प्रतिनिधिमा बुद्धिमान पुन (सल्यान), करिस्मा चौधरी (सुर्खेत), छपाल लामा (हुम्ला) लाई चयन गरिएको छ ।

महाअधिवेशनको पहिलो सत्रमा नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य मानबहादुर चौधरी तथा सुर्खेतका अध्यक्ष जीवन कुमार शाक्य, नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव ललित बुढा नेपाल दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष टेकेन्द्र विश्वकर्मा सुर्खेतका अध्यक्ष जगतदल जनाला विक गैह्र सरकारी संस्था महासंघ सुर्खेतका घनश्याम केसी लगाएतकाले शुभकामना मन्तब्य दिनुभएको थियो ।

महाधिवेशन फोनिज कर्णाली प्रदेश इन्जार्ज अशोक राजीको प्रमुख आतिथ्यता तथा प्रदेश अध्यक्ष भूपेन्द्र बहादुर घर्तीको सभापतित्वमा सम्पन्न भएको थियो ।