एशियन लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी रकमको चेक हस्तान्तरण


२८,पौष सुर्खेत । सामाजिक सुरक्षा र बचतको लागी वीमा गरौं, भन्ने उद्देश्यका साथ संचालन भएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सुर्खेतले बिरामीभई मृत्यु भएका स्वर्गिय राजन प्रकाश शाक्यको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा न.६ हटियालाईन निवासी शाक्यको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । उहांको मिति २०७८ साल कात्तिक १८ गतेका दिन बिरामीका कारण मृत्यु भएको थियो ।

एशियन लाईफ ईन्स्योरेन्स शाखा सुर्खेतमा ५ लाखको बीमा गर्नुभएको शाक्यको कात्तिक ९ गतेका दिन निधन भएपछि शाखा सुर्खेतले बुधबार (आज) सामाजिक दुरि काएम राख्दै, एक कार्यक्रमका बिच रु ६ लाख ५९ हजार ४ सय ५२ रुपैयाको चेक उहांका श्रीमती खिमुकुमारी श्रेष्ठलाइ हस्तान्तरण गरिएको एशियन लाईफ ईन्स्योरेन्स शाखा सुर्खेतका सिनियर बिजनेश म्यानेजर प्रवेशमान मानन्धरले जानकारी दिनुभयो ।

मानन्धरका अनुशार मिति २०७२ साल असार २९ गते शाक्यले ५ लाख रुपैयाको जीवन बीमा गर्नु भएको थियो ,उहांले जीवन बीमा कम्पनीमा ७ बर्षको २ लाख ४९ हजार ८ सय ७९ रुपैया किस्ता वापत बुझाई सक्नु भएको थियो । मृतक शाक्यले जति नै किस्ता तिरेको भएपनि वीमांक ५ लाख र हाल सम्म बीमांकले आर्जित बोनस १ लाख ५९ हजार ४ सर ५२ रुपैया सहितको ६ लाख ५९ हजार ४ सय ५२ रुपैयाको चेक उहांका श्रीमती खिमुकुमारी श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा उपस्थित वीरेन्द्रनगर नगरपालिका वडा न.६ का वडा अध्यक्ष मोती प्रसाद कंडेलले, वीमा नगर्ने बेला सम्म हलो अड्काई रहने प्रविधिलाई एशियन लाईफ इन्स्योरेन्सले तोडेकोमा धन्यबाद व्यक्त गर्नु भएको थियो । कडेलका अनुशार पछिल्ला समयहरुमा केहि बीमा कम्पनीहरुले कुनै पनि कारण आफ्नो बीमितहरु मृत्यु भईसकेपछि वीमा वापतको रकम भुक्तानी लिने बेला  मृतक बीमितका परिवारले आफ्नो कम्पनीमा अर्काे बीमा नगर्ने बेला सम्म बीमा रकम समयमा भुक्तानी नदिई विभिन्न बाहाना गरि रोकि राख्ने प्रविधिलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनीले मृतको घर आगनमै आएर मृतका परिवारलाई समवेदना प्रकट सहित वीमा रकम चेक हस्तान्तर गर्ने गरेकोमा  आफुले धन्यबाद व्यक्त गरेको बताउनु भयो

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको अभियान घरदैलोमै मृत्यु दाबि चेक हस्तान्तरण अन्तर्गत जस्तो सुकै परिस्थीतीमा पनि मृतकको घर आगनमै पुगेर मृत्यु दाबिको चेक हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत नै चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दियो ।

कार्यक्रममा शाखा सुर्खेतका प्रबन्धक पारसमणि खनाल,बिजनेश म्यानेजर शुभाष श्रेष्ठ, बिजनेश म्यानेजर लवमान श्रेष्ठ, अभिकर्ता बालकृष्ण श्रेष्ठ मृतकका आफन्तहरुको उपस्थित रहेको थियो ।