शिरमोर क्लब बिजयी, एकै खेलमा चार खेलाडीलाई पहेलो कार्ड (भिडियोसहित)



२९ पौष,सुर्खेत ।
अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित सुर्खेत जिल्ला स्तरीय फुटबल लिग प्रतियोगितामा आज (बिहिबार) भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ भने दोश्रो खेलमा शिरमोर क्लब बिजयी हुनुका साथै चार खेलाडीहरुले पहेलो कार्ड पाएका छन् ।

आजको पहिलो खेल सिर्जन्शिल युवा क्लब र जिअल बिच भएको खेल बराबरीमा टुङ्गिएको छ। खेलको ९० औं मिनेट सम्म दुबै टिमका खेलाडीहरूले जितको लागि ज्यादै मिहिनेत गरे पनि खेल बराबरीमा टुङ्गिन पुगेको जिल्ला लिक खेलका संयोजक सुन्दर पोखरेले जानकारी दिनु भयो।

यसै गरि भैरवयुवा क्लब र शिरमोर क्लब बिच भएको दोश्रो खेलको ११ औं मिनेटर्म शिरमोर क्लबका जर्सि नम्बर ३१का थिरेन्द्र मल्लले आफ्नो टिमको लागि पहिलो गोल गरि खेलमा अग्रता दिनु भएको थियो। पहिलो हाफमा भैरवयुवा क्लबबाट कुनै पनि गोल नभएपछि खेल १० मा रोकिएको थियो।

दोश्रो खेलको ४७ र ५० औ मिनेटमा शिरमोर युवा क्लबकेै जर्सि न.८ का बिनोद बि.क.ले ब्यक्तिगत २ गोल गरेर फराकिलो अन्तर पार्नुभएको थियो । खेलको ८० औ मिनेट सम्म ३-० गोलको फरकमा भईरहेको खेलमा भैरव युवा क्लबका खेलाडिहरू बिचलित भई फल गर्न पुग्दा भैरव युवा क्लबका जर्सि न.१४का सोनम लामा, जर्सि न. १२का सिमन गुरूङ र जसिं न. ४का प्रशान्त पाण्डेले पहेलो कार्ड पाउनु भएको थिए। भने शिरमोर क्लबका जसि न.१४ का उज्जवल पुनलाई समेत दिएको पहेलो कार्ड गरि एकै खेलमा ४ खेलाडीहरुले पहेलो कार्ड पाउनु भएको थियो ।



यहि पौष २४ गते देखि शुरू भएको खेलमा एबिसि क्लवका जसि न.३० का कुमार शाहिले खेलको समयमा अर्को टिमका खेलाडि सन्देश कवारमाथि मैदान भित्रै हातपात गरेपछि रेड काड दिईएको थियो। यति मात्र नभई सुर्खेत जिल्ला फुटबल सँगको बैठक बसि खेलाडी शाहिलाई आगामि ३ खेलमा खेल्न प्रतिबन्द लगाईएको छ।

आजको दोश्रो खेलको ८० औ मिनेटमा शिरमोर युवा क्लबका जसि नम्बर १० का भुपेन्द शाहिले थप १ गोल गरि शिरमोर युवा क्लबले भैरवस्थान युवा क्लबलाई ४-०को फराकिलो अंकले जित हासिल गरेको छ। यसै गरि शुक्रबार भोलिको पहिलो एबिसि क्लव भर्सेस बीरेन्द्रनगर क्लब बिच दिनको १ बजे र दोश्रो खेल काक्रेबिहार भर्सेस साथि खोर्के क्लब बिच दिनको ३ बजे हुने जानकारी खेल सयोजक सुन्दर पोखरेलले जानकारि दिनु भयो ।