एबिसि स्पोर्टस क्लब विजयी, लिग प्रतियोगितामा गणेश खत्रीको पहिलो ह्याटिक(फोटो फिचर सहित)


३० पौष,सुर्खेत । अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित सुर्खेत जिल्ला स्तरीय फुटबल लिग प्रतियोगितामा शुक्रबार (आज) भएको पहिलो खेलमा एबिसि स्पोर्टस क्लब विजयी भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार(आज)  सैनिक आवासिय माध्यमिक बिधालय र एबिसि स्पोट क्लब विजयी  भएको पहिलो खेलमा सैनिक आवासिय माध्यमिक  विद्यालयलाई  ३-० गोल गर्दे  एबिसि स्पोट क्लबले बिजयी हासिल गरेको थियो ।

एबिसि स्पोटर्स को तर्फबाट जर्शी न.१४ का महेन्द्र शाहीले खेल सुरु भएको ५औ मिनेटमा  पहिलो गोल गर्दे आफ्नो टिमलाई १-० ले  अग्ररता दिलाउनु भएको थियो । यसै गरि  एबिसि स्पोटर्स क्लब जर्शी न.१५का बिनोद अधिकारिले  खेलको २५ औ मिनेटमा दोश्रो  गोल गर्दे आफ्नो टिमलाई थप बलियो बनाउनु भएको थियो भने खेलको ७० औ मिनेटमा जर्शी न.१२का धर्मेन्द्र शाहीले तेस्रो गोल गरे संगै एबिसि स्पोट क्लब  बिजयी भएको हो ।

यसै गरि आज ३ बजे देखि संचालन भएको  साथी खोर्के युवा क्लब र काक्रेबिहार युवा क्लब बिच भएको  दोश्रो खेलमा  काक्रेबिहार युवा क्लव विजयी भएको छ ।

काक्रेबिहार युवा क्लबको तर्फबाट जर्शी नम्बर १० का गणेश खत्रीले खेलको चौथो,३३औ र ७२ औ मिनेटमा ३ गोल गरि आफ्नो क्लवलाई विजयी गराउनु भएको हो  ।

जिल्ला स्तरीय फुटबल लिगमा १६ क्लव दर्ता भएकोमा शुक्रबारसम्म ६ क्लवले फुटबल खेलिसकेका छन् भने, ४ क्लवले अझै खेल खेल्न बाकी छ । यस खेलबाट छैठौ स्थान सम्म आउनेले सिधै लिग चरण खेल्न पाउने भएका छन् । सातौ र आठौँ स्थानमा आउने क्लवले प्रदेश स्तरीय लिग खेल्ने र यसबाट छनौट भएकाले सि डिभिजन लिग खेल्न पाउने प्रशिक्षक रमेश तुलाधरले जनाकारी दिनुभयो ।

 

शनिबार(भोली)को पहिलो खेल ब्याईज यूनियन क्लब र बाबियाचौर स्पोट क्लब बिच १२ बजे हुने छ भने फेन्ड्सिप स्पोटस क्लब र जीवनज्योती युवा क्लव बिच दिनको ३ बजे दोश्रो खेल सुरु हुने खेल संयोजक सुन्दर पोखरेलले जानकारी दिनु भएको छ ।