बाबियाचौर स्पोर्टस क्लब र फेन्ड्सिप स्पोटस क्लब बिजयी (फोटो फिचर सहित)


१ माघ ,सुर्खेत । अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित सुर्खेत जिल्ला स्तरीय फुटबल लिग प्रतियोगितामा शनिवार(आज) भएको दुई खेलमा बावियाचौर स्पोर्टस क्लब र फेन्ड्सिप स्पोटस क्लब बिजयी भएका छन् ।

सैनिक आवासिय माध्यमिक बिधालयको खेल मैदानमा ब्याईज यूनियन क्लब र बाबियाचौर स्पोट क्लब बिच भएको पहिलो खेलमा बाबियाचौर स्पोट क्लबले ब्याईज यूनियन क्लबलाई १ का बिरुद्ध २ गोल गरि बिजयी भएको हो ।

खेल शुरु भएको ३ मिनेट भित्रै बाबियाचौर स्पोट क्लबका जर्सि नम्बर १४का किसन तारामीले पहिलो गोल गरी आफ्नो टिमलाई बिजयी शुरुवात दिलाएका थिए । पहिलो हाफ समाप्त हुने बेला सम्म ब्याईज यूनियन क्लबले गोल फकाउने धेरै मौका पाएपनि उक्त मौकाहरुलाई गोलमा परिनत गर्न सकेको थिएन तर पनि पहिलो हाफ सकिन केहि सेकेण्ड मात्र बाकिं रहदा खेलको ४५ औं मिनेटमा ब्याईज यूनियन क्लबको तर्फबाट जर्सि नम्बर २ का किशोर खत्रीले गोल गरेर खेललाई बराबरमा राख्न सफल भएका थिए ।

दोस्रो हाफ शुरु भए लगतै अरु गोल थपेर आफ्नो टिमलाई बिजयी गराई, अंक तालिकामा शिर्ष स्थानमा राख्न दुबै टिमबार निकै मिहिनेत गरे पनि खेलको ६३ औं मिनेटमा बाबियाचौर स्पोट क्लबका जर्सि नम्बर १० का रमेश आचार्य गोलले आफ्नो टिमलाई केहि बलियो बनाउनु भएको थिए भने आचार्यले गरेको गोल नै निर्णायक गोल बन्य पुग्यो र बाबियाचौर स्पोट क्लबले बिजयी हासिल गरेको थियो ।

माघ १ गते चारैतिर माघे संक्रान्तिको खुशियाली बाढी रहेको बेला दर्शकहरुले भरिएको सैनिक आवासिय माध्यमिक बिधालय पनि बिजयी आवाजले त्यहां उपस्थित खेलाडी र दर्शकहरुले रमाईलोको आनन्द लिनु भएको थियो ।

आजै दिनको ३ बजे देखि शुरु भएको दोस्रो खेलमा फेन्ड्सिप स्पोटस क्लबले जीवन ज्योती स्पोर्टस क्लबलाई २ का बिरुद्ध ४ गोल गरि बिजयी खुशियाली मनाउनु भएको हो । फेन्ड्सिप स्पोटस क्लब र जीवन ज्योती स्पोर्टस क्लब बिच भएको खेलको १४ औं मिनेटमा जीवन ज्योती स्पोर्टस क्लबका जर्सी नम्बर ८का मनोज बिसिले शानदार गोल गर्दे आफ्नो टिमलाई १ गोलको अग्रता दिलाउनु भएको थियो ।तर खेलको २४ औ मिनेटमा जीवन ज्योती स्पोर्टस क्लबका जर्सिा नम्बर ७का शिवराज रोकायले फेन्ड्सिप स्पोटस क्लब खेलाडीलाई ठुलो डि एरिया भन्दा बाहिर फल गर्न पुगेका थिए । फल गरेपछि उनले पहेलो कार्ड पाए संगै फेन्ड्सिप स्पोटस क्लब ले पाएको फ्री किकरालाई जर्सि नम्बर ११का कमल भण्डारीले गोल गरेर खेललाई पहिलो हाफ सम्म बराबरीमा रोक्न सफल भएका थिए  ।

आज भएको दोश्रो खेलमा फेन्ड्सिप स्पोटस क्लबले जीवन ज्योती स्पोर्टस क्लबलाई २का बिरुद्ध ४ गोल गरि बिजयी भएको थियो ।