वीरेन्द्रनगर र साथी खोर्के स्पोर्टस् क्लब बिजयी, एबिसी र फेण्डसिप क्लब लिंग खेलको शिर्ष स्थानमा



२ माघ, सुर्खेत। यहि पौष २४ गते देखि अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित सुर्खेत जिल्ला स्तरीय फुटबल लिग प्रतियोगितामा वीरेन्द्रनगर स्पोर्टस क्लब र साथी खोर्के स्पोर्टस क्लब बिजयी भएका छन् ।

सैनिका आवासीय माध्यमिक बिधालयको खेल मैदानमा आईतबार (आज) सृजनशिल स्पोर्टस क्लब र वीरेन्द्रनगर स्पोर्टस क्लब बिच भएको पहिलो खेलमा वीरेन्द्रनगर स्पोर्टस क्लबले सृजनशिल स्पोर्टस क्लबलाई १का बिरुद्ध ३ गोल गरि बिजयी भएको छ भने शिरमोर स्पोर्टस् क्लब र सर्थी खोर्के स्पोर्टस् क्लब बिच भएको दोश्रो खेलमा सार्थी खोर्के स्पोर्टस् क्लबले, शिरमोर स्पोर्टस् क्लबलाई २ गोल गरि बिजयी भएको थियो ।

सुर्खेत जिल्ला फुटबल संघका पदाधिकारीहरु खेल अवलोकन गर्दे ।

सृजनशिल स्पोर्टस क्लब र वीरेन्द्रनगर स्पोर्टस क्लब बिच भएको पहिलो खेलको २९ औं मिनेटमा जर्सि नम्बर १३ का सुमन रानामगरले पहिलो गोल गरि आफ्नो टिमलाई खेलमा अग्रता दिलाएता पनि दोश्रो हाफ शुरु भए देखि नै खेललाई आफ्नो पक्षमा पारेको सृजनशिल स्पोर्टस् क्लबका जर्सि नम्बर ६ का तिलक सुनारले ४६ औ मिनेटमा वीरेन्द्रनगर बिरुद्ध गोल गर्दे आफ्नो टिमलाई १ १ गोलको बराबरीमा राखेका थिए ।

आफ्नो टिमलाई कसरी बिजयी गराउने भन्ने रणनिति सहित खेललाई अगाडि बढाईरहेको अवस्थामा खेलको ५०औं मिनेटमा वीरेन्द्रनगर स्पोर्टस् क्लबका जर्सि नम्बर १८का हेमराज पौडेलले दोश्रो गोल गरि खेलमा २ १को अग्रता दिलाउन सफल भएका थिए। खेलमा दोश्रो गोल गरेको ५ मिनेट नबित्दै पुन वीरेन्द्रनगर स्पोर्टस् क्लबका जर्सि नम्बर १७ का अर्जुन बमले थप एक गोल गरेर आफ्नो टिमलाई बिजयी गराएका थिए ।


यसै गरि बिधालयको मैदानमा ३ बजेदेखि भएको शिरमोर स्पोर्टस् क्लब र साथी खोर्के स्पोर्टस् क्लब बिचको दोश्रो खेल शुरु भएको ६ मिनेटमै साथी खोर्के क्लबका जर्सि नम्बर १४का सुमन घर्ति मगरले साथीले दिएको बललाई गोलमा परिनत गरि १ गोलको अग्रता दिलाएका थिए भने पहिलो हाफको खेल १ ० मै समाप्त भएको थियो । खेलमा शिरमोर स्पोर्टस् क्लबले गाले फर्काउने गरेको धेरै प्रयासलाई साथी खोर्के क्लबका गोल रक्षकले बिफल पारिदिएका थिए । खेलको ५१ औं मिनेटमा मगरले व्यक्तिगत दोश्रो गोल गरेर टिमलाई २०को अग्रता दिए ।

साथी खोर्के क्लबका खेलाडिहरुले खेलमा गोल गरि आफुलाई परेको दबाब कम गर्ने कोशिस गरेता पनि खेलाडिहरु खेल अवधि भर बिफल भएका थिए। करिब खोर्केले खेल जित्ने सुनिश्चीत जस्तो भईरहेको बेला अतिरिक्त ३ मिनेटको समयमा खोर्केले पाएको फ्री किकलाई गोलमा परिनत गर्न नसकेपछि हार ब्यहोरेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित सुर्खेत जिल्ला स्तरीय १८ औं फुटबल लिग प्रतियोगितामा पुल ए बाट ३ खेल खेलेको एबिसि स्पोर्टस् क्लबले ९ अंक र पुल बिबाट फेण्डसिप स्पोर्टस् क्लबले ३ खेलबाट ७ अक प्राप्त शिर्ष स्थानमा रहेको खेल संयोजक सुन्दर पोखरेलले जानकारी दिनु भएको ।
भोलीको पहिलो खेल बाबियाचौर बिरुद्ध जिअल स्पोर्टस् क्लब र दोश्रो खेल फ्रेण्डसिप स्पोर्टस् क्लब बिरुद्ध भैरव युवा क्लब बिच हुदैछ ।