“तपाईको मास्क खै” अभियान पुनः शुरु


८ माघ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को तेश्रो लहर तिब्रगतीमा शुरु भएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा “तपाईको मास्क खै?” अभियान पुनः शुभारम्भ गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको आयोजनामा “तपाईको मास्क खै ?” अभियान शुरु गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही प्रमुख आथित्यतामा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरिक्षक पदम बहादुर बिष्ट, कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख, ससस्त्र प्रहरी बल ३२ नं. रक्तकाली गण सुर्खेतका ससस्त्र प्रहरी उपरीक्षक, वीरेन्द्रनगर नगरपालिका र नागरीक समाजको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको छ ।

अभियानमा “के तपाईले कोभिड-१९ विरुद्दको खोप लगाउनु भयो ?” भन्ने लेखेको क्रस ब्याज ३ सय थान कार्यालय प्रमुख र डिउटीमा खटिने प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।

कोरोना सम्वन्धी सचेतना मुलक व्यानर र प्ले कार्ड सहितको र्रयालीले बजार परिक्रमा गरि करिब २ हजार थान मास्क वितरण गरेको थियो ।