युवाहरुलाई खाडी जानबाट भाषणले रोक्दैन, रोजगारी श्रृजना गर्नु पर्दछ: वडा अध्यक्ष मानन्धर (भिडियोसहित)


९ माघ,सुर्खेत । बेरोजगार युवाहरुलाई खाडी मुलुक जानबाट भाषणले मात्र नरोक्ने तर उनीहरुलाई बिदेशीनबाट रोक्नको लागी स्थानीय तहमै उद्योगी, व्यवसायी र लगानीकर्ताहरुलाई भित्र्याए रोजगारी श्रृजना गरेर मात्र रोक्न सकिने एक कार्यक्रमका प्रमुख अतिथीले बताउनु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नः ९ मा, होटल डि. महाबूले आयोजना गरेको प्रारम्भिक वातारणीय परिक्षणको लागि सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष सुरेश मानन्धरले उक्त कुरा बताउनु भएको हो ।

मानन्धरका अनुसार आफु जहिले पनि युवाहरुलाई रोजगारी श्रृजना कसरि गर्न सकिन्छ, विकास निर्माणका कार्यहरु गरि आफ्नो वडालाई उदाहरणीय वडा कसरी बनाउन सकिन्छ र वडा भित्र रहेका बेरोजगार युवाहरुलाई कसरी रोजगारमा लगाउन सकिन्छ भन्ने कुरामा सदैव चिन्तित रहेको बताउनु भयो । यतिमात्र नभई उहांले आफ्नो वडामा विभिन्न क्षेत्रका लगानीकर्ताहरु भित्र्याएर रोजगारीका अवसरहरु श्रृजना गरिरहेको कुरामा जोड दिनुभयो ।

युवाहरुले विकास निर्माणका कार्यक्रमहरुमा जहिले पनि सकरात्मक भुमिका निर्वाह गर्नु पर्दछ, मानन्धर भन्नु हुन्छ, तर आवश्यकता अनुसार विरोध पनि गर्न सक्नु पर्दछ तब मात्र बिकासले तिब्र गति लिने गर्दछ । तर कतिपय कार्यहरुमा बिरोध मात्र गर्ने प्रवृतीले लगानीकर्ताहरुले लगानी नै नगरी फर्कन पर्ने अवस्था आईरहेको हुँदा, विकास विरोधी कार्यहरुमा भन्दा पनि विकास निर्माण कार्यक्रहरुमा सदैव ध्यान दिएमा मात्र स्थानिय स्तरमा विकास हुनुका साथै रोजगारीका अवसरहरु आईरहने छ ।