शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतमा एटिम सेवा शुरु


११ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा आफ्नो शाखा विस्तार गरेर छोटो समयमा नै  स्थानीयबासीको मन जित्न सफल शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतमा आज आफ्नो एटिम सेवा पनि शुरु गरेको छ ।

वीरेन्द्रनगर-१० बसपार्कको मुख्यद्वार अगाडी रहेको कार्यालयमा सहकारीले आजदेखि एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिम सेवाको शुभारम्भ वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले गर्दै सहकारी संस्थाहरुले सञ्चालन गर्ने यसकिसिमको प्रविधिमैत्री सेवाले नागरिकलाई सर्वसुलभ र सहज सेवा लिन सहयोग पुग्ने बताउनुभयो ।

यस्तै सहकारीले मोवाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ भने एपका ४ हजारभन्दा बढि प्रयोगकर्ता रहेको सुर्खेत शाखाका प्रवन्धक चन्दन थापामगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हाम्रो मुख्य कार्यालय भक्तपुरको कौशलटारमा रहेको छ भने मुलुकका विभिन्न २४ स्थानमा आफना सेवा केन्द्र विस्तार गरिसकेको छ ।”