हामि एक हप्ता भित्र कामको आकार दिन्छौं: अध्यक्ष पौड्याल



२७ माघ,सुर्खेत । राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले अबको एक हप्ता भित्र आयोग सुरु गरेको कामको आकार आउने कुरामा जोड दिनु भएको छ ।
सुकुम्वासी समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोग सुर्खेतले स्थानीय तहसँग कार्य सम्झौता पश्चात ५ वटा स्थानीय तहमा सेवा कार्यालय स्थापना गरेर जग्गाको विवरण संकलनका लागि प्रक्रिया थालेको केहि दिन भित्र बिहिबार(आज) चौकुने गाउंपालिकामा भएको अन्तरक्रियात्मक अनुगनका कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
चौकुने गाउँपालिका गुटु सुर्खेतको वडा नः८ र वडा नः१० बाट सुरू गर्न लागिएको नापनक्शा कार्यको लागि भूमि सम्बन्धी समस्या पहिचान र त्यसको समाधानका बिषयमा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भई उक्त क्षेत्रको फिल्डमा खटिनुहुने सर्भेक्षक, अमिनहरुलाई एक हप्ता भित्र प्रतिफल आउने गरि कार्य गर्न निर्देशित समेत गर्नु भएको छ ।


राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्याल,नापी कार्यालय मेहेलकुनाका नापी अधिकृत सोम प्रसाद गौतम,नापी कार्यालय सुर्खेतका सर्भेक्षक एकेन्द्र खडका, चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाही र वडा नः७ का वडा अध्यक्ष अम्मर बहादर बिसि लगायतको उपस्थीत रहेको कार्यक्रमका नापी कार्यालय सुर्खेतका सर्भेक्षक एकेन्द्र खडकाले फिल्डमा गएर कसरी कार्य गर्ने भन्ने बिषयमा सहजिकरण गर्नु भएको थियो ।
यसै गरी नापी कार्यालय मेहेलकुनाका नापी अधिकृत सोम प्रसाद गौतमले, पछिल्लो सयममा आयोगले जुन कार्य गरिरहेको छ, उक्त कार्य मालपोत र नापी कार्यालयले गर्न सक्ने भएता पनि आयोगले काम गर्दा प्रत्यक्षरुपमा भुमिहिन व्यक्ति जसले बिगत लामो समय देखि जग्गाको भोक गरि रहेको छ उक्त ब्यक्तिहरुको पहिचान गरि सम्बन्धि जग्गा धनिहरुलाई नै पुर्जा वितरण कार्य नियम संगत समयमा नै उपलब्ध गराउन सक्नुका साथै यसो कार्य गरोमा आयोग प्रति जन मानिसहरुको विश्वास बढ्ने भएको हुदा पनि फिल्डमा खटिएर कार्य गर्ने सम्पूर्ण प्राविधिक टोलिहरुलाई कुनै प्रलोभनमा नपरि निश्पक्ष कार्य गर्ने अनुरोध गर्नु भएको छ ।