नायक पल शाह प्रहरी समक्ष जाँदै


१५ फागुन, काठमाडौं । एक गायिकालाई जबरजस्ती करणीको अभियोग लागेका अहिले चर्चित अभिनेता पल शाहले प्रहरी समक्ष जाने जानकारी दिनुभएको छ ।

नायक शाहले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रहरीसामु आफैं उपस्थित हुने जानकारी दिनुभएको हो । उहाँले आफ्नो फेसबुक पेजमा ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ लेख्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा शाहविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेपछि नायक शाह प्रहरीको फरार सूचीमा हुनुहुन्छ ।

यता प्रहरीले नायक शाहलाई भेट्न नसकेपछि उहाँद्वारा अभिनित चलचित्र “म यस्तो गित गाउँछु २” का निर्माता निर्देशक सुदर्शन थापा संग सोधपूछ गरेको थियो ।

सुदर्शन थापा