पेट्रोलियम पदार्थको मूल्य बढ्यो


२६ जेठ, काठमाडौं । केहीदिन अगाडी घटेको पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ ।

सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्यमा निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा ८ रुपैया तथा मट्टीतेल र डिजलमा १२ रुपैया बढाएको हो ।

अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।