अन्तर्राष्ट्रिय ओलम्पीक डे को अबसरमा यु–१२ फुटबल प्रतियोगिता


२८ जेठ, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदले अन्तर्राष्ट्रिय ओलम्पीक डे को अबसरमा यु–१२ फुटबल प्रतियोगिता संचालन गरेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले घोषणा गरेको सप्ताह व्यापी खेलकुदका कार्यक्रम अनुशार वीरेन्द्रनगर ,६ स्थित जन नमूना मा.बि.को खेल मैदानमा ग्रासरुट फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को आयोजनामा शनिवार(आज) सुरु भएको यु – १२ फुटबल प्रतियोगिता कर्णाली प्रदेश खेलकुद विकास परिषदका (उपाध्यक्ष) प्रमोद हमालले खेल सामाग्री हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै उपाध्यक्ष हमालले ,खेल नै जीवन  र जीवन नै खेल भएको हुदा बालबालिका र कुलतमा लागेका युवाहरुलाई खेलको माध्यमबाट कुलत र दूब्यसनिबाट जोगाउन सकिने भएको हुदा खेल सबैको लागी आवश्यकता भएको बताउनु भयो ।

यसै गरि कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिब बिश्वामित्र सज्यालले भन्नु भयो कि, मानव जीवनको पहिलो पाठशाला नै विद्यालय हो तसर्थ विद्यालयमा शिक्षा र ज्ञान दिनुका साथै खेललाई प्राथमीकता दिएर खेलकुदका कार्यक्रमलाई विद्यालयमुखी बनाउन जरुरी भएको छ, यो बर्ष राजधानी सहर भएकोले वडा सरकारसँग मिलेर सुरुवात गरेका छौ अर्को बर्ष देखि बार्षिक कार्यक्रमको रुपमा राख्ने योजना बनाएका छौ ।

जेष्ठ २८(आज)  देखि अषाढ १ गते सम्म संचालन हुने उक्त फुटबल प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिका भित्रका ग्रासरुट फुटबल टेनिङ्ग सञ्चालन भएका विभिन्न स्कुलका १० वटा टिमको प्रतिस्पर्धा हुने वडा नं ६ का अध्यक्ष जनक बहादुर रावलले बताउनु भयो ।

प्रतियोगितामा प्रायोजन यसोदा फुड्स प्रा.लि.का आधिकारिक बिक्रेता दिपक खड्काले यसै गरि प्रतियोगितामा प्रथम र द्वितिय हनुे टिमको पुरस्कार जिल्ला फुटबल संघका कोषाध्यक्षले तेज बहादुर पन्तले गर्नु भएको छ,भने खेल सामाग्री कर्णाली प्रदेश खेलकुद परिषदबाट सहयोग प्राप्त भएको प्रशिक्षक चन्दबहादुर शाहीले जानकारी दिनुभयो ।