रक्तदान गरि विश्व रक्तदाता दिवस मनाईयो


३१ जेठ, सुर्खेत । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आज वीरेन्द्रनगरको दुई स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सुर्खेत स्थित कर्णाल केयर हस्पिटल र परिवर्तन यूवा समूह सुर्खेतले रक्तदान कार्यक्रमको आयोजना गरेकाहुन् । कर्णाली केयर हस्पिटलले आयोजना गरेको कार्यक्रममा २१ पिन्ट र रिवर्तन यूवा समूहले लाटीकोइली शिवमन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा १९ पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधिक प्रमुख दिपेन्द्र केसीले जानकारी दिनुभयो ।

त्यस्तै परिवर्तन यूवा समूहका अध्यक्ष दुष्यन्त गौतमले भन्नुभयो “अहिले कर्णाली राजधानीमा रगत खपतको मात्रा अत्याधिक भैरहेको तर रक्तदाताहरुको कमी हुँदै गैरहेकोले यूवाहरुमा रक्तदान गर्ने भावना जगाउनकालागि विश्व रक्तदाता दिवसको अवसरमा हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौ ।”