१४ असार, सुर्खेत । आदिवासी जनजाति चलचित्र महासंघ कर्णाली प्रदेश अध्यक्षमा डाक्टर सिंह गुरुङ्ग सर्वसम्मत चयन हुनु भएको छ ।
आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद सचिवालयको आयोजना तथा चलचित्र बिकास बोर्डको सहकार्यमा मंगलवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित अभिमुखिकरण कार्यक्रममा गुरुङ्ग सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो ।
भाषा, कला, धर्म, संस्कृति राष्ट्रको पहिचान, यसलाई जोगाई राख्ने चलचित्रकर्मिको अभियान भन्ने मुल नाराका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा देशव्यापी अभिमुखिकरण कार्यक्रम जनजाति चलचित्र महासंघ संघिय परिषद सचिवालय अध्यक्ष अमृत बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका अथिती एवंम् नेपाल आदिवासी जनजाति जिल्ला समन्वयन परिषद सुर्खेतका सचिव भीम बहादुर गुरुङ्गले कर्णाली प्रदेशमा नै पहिलो पटक चलचित्र संघ गठन भएकोमा खुशि व्यक्त गर्दे कला,संस्कृतिको क्षेत्रमा नेपालमै पहिलो स्थान हासिल गर्दे आईरहेको कर्णाली प्रदेशमा महासंघ स्थापना हुनुले जनजाति कलाकारहरु भित्र लुकेर रहेको प्रतिभालाई राष्ट्रमा नै पहिचान गराउन सहयोग गर्ने बताउनु भयो ।
यस्तै कार्यक्रमका अथिति तथा प्रदेश अध्यक्ष डाक्टर सिंह गुरुङ्गले आजको दिनदेखि कर्णालीका कलाकारहरुलाई हरेक कार्यक्रम गर्न संघिय राजधानी काठमाडौं सम्म जानु पर्ने बाध्यता हटेको बताउनु भयो । उहांका अनुसार आफुले, आफ्नै व्यक्तिगत लगानीमा फिल्म स्टुडियो र रेकडिङ्ग स्टुडियो संचालन गर्ने भएको हुदा उक्त बाध्यता हट्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा सभापती सुनुवारले महासंघलाई संस्थागत गर्नका लागि सरकारसंग पहल गर्नु पर्नेमा जोड दिनु भयो । कलाकार देशका गहना हुन । कला, संस्कृतिको जगेर्ना गर्नु राज्यको दायित्व हो । त्यसमा पनि कर्णाली प्रदेश कला क्षेत्रकोे हिसाबले राष्ट्रस्तरमा मात्र नभई अन्तराष्ट्रीय क्षेत्रमा पनि आफ्नो पहिचान बनाउन सफल भएको हुँदा यसलाई आगामी दिनहरु अझ मजबुद बनाई राख्नका लागी सरकारसंग पहल गरि विभिन्न कार्यक्रमहरु संचालन गर्नका लागी आग्रह समेत गर्नु भयो ।
कार्यक्रमका अथिति हस्तबहादुर गुरुङ्ग, कुलमान नेपालीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा विभिन्न जातीगत संस्थाका प्रमुख एवंम प्रतिनिधिहरुको उल्लेखनीय उपस्थीत रहेको थियो ।
कार्यक्रममा डाक्टर सिंह गुरुङ्गको अध्यक्षतामा ८ तदर्थ समिति गठन भएको छ जसको उपाध्यक्षहरुमा प्रेमबहादुर बुढामगर, लक्ष्मी राई, रत्न सुनुवार, यसै गरी महासचिवमा मिलन श्रेष्ठ, सचिवहरुमा चन्द्रबहादुर राना, चन्द्र मन्दिर मगर रहनु भएको छ भने कोषाध्यक्षमा निर्मला गाहा मगर र सह–कोषाध्यक्षमा रामकृष्ण चौधरी चयन हुनु भएको छ ।
कार्यक्रमका सभापती एवं जनजाति चलचित्र महासंघ संघिय परिषद सचिवालय अध्यक्ष अमृत बहादुर सुनुवारले आदिवासी जनजाति चलचित्र महासंघको विधान, २०६६को अनुसुचि–४ बमोजिम शपथग्रहण गराई नवनिर्वाचित अध्यक्षलाई निर्र्णय पुस्तिका समेत हस्तान्तरण गर्नु भएको छ ।
News Desk । १४ असार २०७९, मंगलवार १८:२४ बजे