महिला महासंघ,सुर्खेतको अध्यक्षमा गुरुङ्ग


२२ असार,सुर्खेत । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ,सुर्खेतको अक्ष्यक्षमा वासना गुरुङ्ग चयन हुनु भएको छ ।

वीरेन्द्रनगरमा आज सम्पन्न राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ,सुर्खेतको तेस्रो अधिवेशनको भेलाले वासना गुरुङ्गलाई ४ बर्षिय कार्यकालको लागि सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । भेलाले गुरुङ्गको अध्यक्षमा १० सदस्यीय कार्यसमिति गठन गरेको छ जसको उपाध्यक्षमा सुनिता चौधरी, सचिवमा लक्ष्मि प्रधान, कोषाध्यक्षमा जमुना राजी, सह–सचिवमा कल्पना दर्लामी रहनु भएको छ भने सदस्यहरुमा किस्ता प्रजापती, बिष्णुमाया कुमाल, निमकुमारी माझी, लक्ष्मि गुरुङ्ग, अनिता थापा र लक्ष्मि चौधरी रहनु भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ,सुर्खेतका अध्यक्ष तीला श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनका अथिति एवंम् नेपाल आदिवासी जनजाति जिल्ला समन्वयन परिषद सुर्खेतका निर्वतमान सदस्य मानबहादु चौधरीले आदिवासीहरु कसैले देला र गरौला भनेर अरुको आशमा बस्नु नपर्ने बताउनु भएको छ । जनजातिहरु ईमान्दारी भएकै हिसाबले नेतित्व लिनलाई पछाडि पर्ने परिपाती अब नरहेको र अब जनजातिहरु कसैको आशमा नपरी आफैले नेतित्व लिन समक्ष भएका छौ ।


कार्यक्रमका अथिति कृष्णा वंशीमगरले जनजातिहरुको पहिचानका धेरै सुचकहरु भएता पनि आफ्नो मौलिख भाषा प्रमुख भएको बताउनु भयो । उहांका अनुसार भाषा पढेर सिक्नु भन्दा पनि व्यवहारले सिकाउने भएको हुदा प्रत्येक जनजातिहरुले आफ्नो मौलिक भाषालाई अनिवार्यता दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका बिशेष अथिति एवंम् नेपाल आदिवासी जनजाति जिल्ला समन्वयन परिषद सुर्खेतका कार्यवाहक अध्यक्ष अशोक राजीले आफ्नो कार्यकालमा जिल्लामा रहेका प्रत्येक जनजातिहरुको मुद्धामा अग्रसर भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दे, जिल्लाका प्रत्येक जातिगत संस्थाहरु संस्थागत भएर अगाडि बढेमा मात्र जाजातिहरुका मागहरुलाई राज्यले सम्बोधन बताउनु भयो ।
यसै गरी कार्यक्रमका बिशेष अथिति एवंम् गैर सरहकारी संस्था महासंघ नेपालका जिल्ला अध्यक्ष घनश्याम केसीले स्थानिय सरकारले जनजातिका निति तथा कार्यक्रमहरुलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो ।


कार्यक्रमका प्रमुख अथिति तथा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश अध्यक्ष वीरबहादु भोटेले राजनैतिक स्तरदेखि समाजिक क्षेत्रमा हरेक क्रियाकलापहरुमा महिलाहरुले नेतित्व गर्नु पर्ने देखिएको छ । त्यसमा पनि बिशेष गरि जनजाति महिलाहरुले आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि अझ बढि सक्रीय रुपमा नलागेसम्म कसैले पनि मागेर अधिकार नदिने बताउनु भयो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ,प्रदेश अध्यक्ष मनसरा थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।