वीरेन्द्रनगरको वडा नं.०९ लाटीकोईली स्वास्थ्य चौकीको ईट्टा हिनामिना


२२ असार,सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ०९ लाटीकोईलीमा रहेको स्वास्थ्य चौकीको ईट्टाहरु हिनामिना भएका छन् ।

आज भन्दा ४२ बर्ष अगाडी २०३६ सालमा स्थापना भएको वीरेन्द्रनगर नगरपालिका वडा नं. ०९ स्थित स्वास्थ्य चौकीलाई बिस्तार गरि १५ शैयाको अस्पताल बनाउने बोलपत्र आव्हान भईसकेको छ भने कार्य योजना अनुसार पुरानो भवनलाई भत्काउने कार्य सम्पन्न भए पश्चात उक्त भवन भत्काउदा निस्किएका ईट्टा, काठ र जस्तापाताहरुलाई वडाले शिब माध्यमिक विद्यालयलाई प्रयोगका लागि दिएको छ भने बाँकी रहेका ईट्टाहरु स्थानियले उत्खनन् गरेर ब्यक्तिगत प्रयोगका लागि लगेका छन् ।

२०७७ साल मंसिर १२ गतेका दिन नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले एक समारोहका वीच लाटीकोइलीमा १५ शैयाको नगर अस्पतालको शिलान्यास गर्नुभएको थियो ।

सर्वसाधारणहरुको जनगुनासोको आधारमा उक्त निर्माण स्थलको अनुगमन गर्दा स्थानियहरुले आफुखुशी रुपमा खनेर ईट्टाहरु लगिरहेका थिए । उक्त दृश्य हेरिरहेका स्थानियले वहालवाला वडा अध्यक्षले लैजानु भनेकाले उहांहरुले ईट्टाहरु लगेको जानकारी दिएकाछन् ।


यसै विषयमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ०९ का वडा अध्यक्ष ऋषि गिरिसंग टेलिफोन गरेर जानकारी लिएका थियौ । उहांले भन्नुहुन्छ “पुरानो भवन भत्काईसकेपछि काम लाग्ने सामाग्रीहरु हामिले सुरक्षित राखि सकेका छौ तर काम नलाग्ने ईट्टाहरु मैले नै गरिव स्थानियहरुलाई लैजानु भनेको हुँ । हाम्रो प्रश्न थियो कि सरकारी कार्यालयको कुनै पनि सामाग्री त्यसरी प्रयोग गर्न मिल्छ त उहांले भन्नु भयो त्यी टुक्रा र काम नलाग्ने ईट्टाहरु हुन् ।” तर हाम्रो क्यामरामा कैद गरेको हरेक तस्विरहरुमा सिंगो ईट्टा देखिएका छन् ।

यसरी सार्वजनिक भवनको ईट्टाहरु स्थानियले प्रयोग गरेको बिषयमा हामिले स्वास्थ्य चौकिका प्रमुख नरेश्वरी शाहीलाई टोलिफोन गरि सोध्दा उहां बिदामा भएको तर उक्त स्थानको कुनै पनि सामाग्रीहरु कोहि कसैलाई दिने बिषयमा आफुलाई आधिकारिक जानकारी नभएको बताउनु भयो साथै आफु बिदामा हुदा निमित्त प्रमुखलाई सोध्न आग्रह समेत गर्नु भयो ।

स्वास्थ्य चौकिका निमित्त प्रमुख सुशिला विसिलाई सोध्दा उहांलाई पनि त्यस बिषयमा कुनै पनि आधिकारीक जानकारी नभएको र निर्णय समेत नगरेको बताउनु भयो भने वीरेन्द्रनगर नगरपालिका वडा नं. ०९ का वडा सदस्य भीम गुरुङ्गलाई सोध्दा उहांले पनि आधिकारीक रुपमा वडा स्तरबाट कुनै पनि निर्णय नभएको बताउनु भयो ।