काँक्रेविहार संरक्षित वनका कर्मचारी आन्दोलित

३ साउन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित नेपाल कै पहिलो ऐतिहासिक संरक्षित वन काँक्रेविहार वनमा कार्यरत ज्यालदारी तथा अस्थायी कर्मचारीहरु आन्दोलित भएका छन् ।

९ नं. वडा कार्यालय वीरेन्द्रनगर सुर्खेतले आव २०७९/८० साउन १ गते देखि मौखिक रुपमा काममा नआउन भनेपछि कर्मचारीहरु एक विज्ञप्ति प्रकाशित गरि आन्दोलित भएकाछन् ।

विज्ञप्तिमा पेशागत आन्दोलन मर्ममा ठाडो प्रहार गरि आस्थाका आधारमा लिखित जवाफदेहिता केही कर्मचारीहरुलाई निरन्तरता दिने र केही कर्मचारीहरुलाई काम गर्नबाट बन्चित गरिएकोले यसप्रकारको कार्य तुरुन्त बन्द गर्न माग गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले दिएको लिखित नियुक्तीको आधारमा काम गर्दै आइरहेका कर्मचारीहरुलाई नगरपालिकाले नै सेवा सुविधा दिँदै आएको उल्लेख छ ।

स्मरणरहोस २०७८ कार्तिक ११ गते वीरेन्द्रनगर नगरपालिकाद्वारा काँक्रेविहारमा कर उठाउने बोलपत्र आह्वानको सूचनाका विरुद्ध विरमा श्रेष्ठले उच्च अदालत सुर्खेतमा रिट दायर गर्नुभएको थियो । रिटमा माथि न्याधिस राजेन्द्र श्रेष्ठको एकल इजलासले अर्को आदेश नहुन्जेल यथास्थितिमा राख्नुभनी विपक्षी वीरेन्द्रनगर नगरपालिको नाममा आदेश दिएको थियो ।