एनआईसी एसिया बैंक २५ बर्षमा प्रवेश, नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व तिर्ने बैंक


५ साउन, सुर्खेत । एनआईसी एशिया बैंक स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको बैंकले आफ्नो २५औं प्रवेश गर्दै सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयर धनी, कर्मचारी लगायत सरोकारवाला प्रति आभार प्रकट गरेको छ ।

बैंकले रजत जयन्तीको अवसरमा एक विज्ञप्ती जारी गर्दै “नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं ।” उल्लेख गरेको छ ।

त्यस्तै विज्ञप्तीमा बैंकले २५ वर्षको यात्रामा आफ्नो शेयरधनीहरुको Optimum Wealth Maximization गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६/५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मुल्यमा रु. ९,५२०.९७ बराबर प्रदान गर्न हामी सफल भएका छौं । त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन हामी सफल भएका छौं । उल्लेख गरेको छ ।