विहीवार एसईई नतिजा सार्वजनिक हुने

९ साउन, काठमाडौं । २०७८ को एसईईको नतिजा अबको ३ दिन भित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले अबको तीन भित्र कक्षा १० को नतिजा सार्वजनिक गर्ने परिक्षा नियन्त्रण कार्यालयका परिक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बताउनुभयो । उहाँले भन्नुभयो “आजको दिन छोडेर विहिवार नतिजा सार्वजनिक हुनेछ ।”

२०७८ सालको एसईई परिक्षामा करिब ४ लाख विद्यार्थी सहभागी भएका थिय भने परिक्षा २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।