निर्माणाधिन नाला भत्कियो, मेरो कुराको सुनुवाई कतै भएनः वडाअध्यक्ष चपाई (भिडियोसहित)


१९ साउन, सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीेरेन्द्रनगरको १२ नम्बर वडामा निर्माणाधिन नाला पानी परेपछि भत्किएको छ ।

वीरेन्द्रनगरको कालुङ्गचोकबाट नेवारे जानेबाटोमा निर्माणाधिन नाला पानी परेपछि भत्किएको छ । ठेकेदार कम्पनीका शालिकराम आचार्यका अनुसार स्टिमेट भन्दा थप काम गर्न लगाउँदा क्षमता बढी भएर भत्किएको हो । स्टिमेट भन्दा पुनः पूर्वाधार मन्त्रालय र स्थानीय बासिन्दाका कारण क्षमता बढाउढा भत्किएको एक भिडियो अन्तरवार्तामा आचार्यले बताउनुभएको छ ।

यसैवीच १२ नं. वडा अध्यक्ष चुडामणी चपाई भन्नुहुन्छ मैले यसबारे धेरैपटक सम्वन्धित निकायमा खबर गरे तर म एक्लो परे मेरो कुरा कतै सुनुवाई भएन । मैले यसबारे म अध्यक्षमा निर्वाचित हुनुभन्दा अगाडीबाट नै खबरदारी गर्दै आइरहेको हो तर कही कतै कसैले सुनेनन् अध्यक्ष चपाई भन्नुहुन्छ ।