OnePlus को नयाँ मोबाइल Nord N20 SE सार्वजनिक


२६ साउन, सुर्खेत । वानप्लस मोबाइलको नेपालकालागि आधिकारी विक्रेता स्मार्ट टक प्रा.लि.ले ल्याएको OnePlus Nord N20 SE मोडेलको मोबाइल फोन  विक्री आजदेखि सुर्खेतमा पनि शुभारम्भ गरिएको छ ।

यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने सेल्फी खिच्नकालागि ८ मेगापिक्सेलको क्यामेरा रहेको छ । त्यस्तै मोबाइल फोन छिटो चार्ज गर्नकालागि ३० वाटको चार्जर पनि रहेको छ । ५००० एमएएचको व्याट्री रहेको छ । त्यस्तै मिडिया टेकको G35 प्रोसेसर रहेको फोनमा 4 GB Ram र 64 GB को स्टोरेट क्षमता रहेको सुर्खेतकालागि आधिकारिक विक्रेता देउती कम्यूनिकेशन एण्ड जनरल अर्डर सप्लायर्सले जनाएको छ ।

मोबाइलको बजार मूल्य २३ हजार ४ सय ९९ रहेको देउती कम्यूनिकेशनका प्रोप्राइटर पोषण खरेलले बताउनुभयो ।