लाटीकोइलीमा गाईजात्रा पर्व मनाइदै, आज बुढी गाईजात्रा निकालियो (भिडियोसहित)


२७ साउन, सुर्खेत । गाईजात्रा पर्व विषेशत नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ। तर एक संस्कृतिविद्ले प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताएका छन् । यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन्।

यसैवीच कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर-९ लाटीकोइलीमा सँदियौ देखि मनाउदै आईरहेको कला संस्कृति जोगाइ राख्नकालागि अगाडी मानिदै आएको छ । गँठे मंगलको दिन देखि शुरुहुने विभिन्न जात्राहरु लाटीकोइलीमा मनाइने गरिन्छ ।

विगतमा सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरको धेरै ठाउँबाट जात्राहरु निकाल्न गरिन्थ्यो तर पछिल्लो समय,समय परिवर्तन संग जात्रा निकाल्ने प्रचलन लोप हुँदै गएता पनि लाटीकोइलीमा मात्रै नियमित जात्राहरु निकाल्ने गरिएको छ । यसबर्ष पनि गँठेमंगल देखि विभिन्न जात्राहरु निकाल्ने शुरु भएको छ । सोहि अनुसार आज (शनिवार) वीरेन्द्रनगरको लाटीकोइलीमा बुढी गाईजात्रा (टाकटुके) निकालिएको छ ।

विषेशत नेवार समुदायमा आफन्तहरुको मृत्युको सम्झनामा जात्राहरु निकालिने गरिन्छ । आज लाटीकोइलीको नेवार समुदायमा मृतकहरुको घरबाट बुढीगाईजात्रा निकालिएको नेवा देय् दबुका अध्यक्ष तिला शाक्य श्रेष्ठले बताउनुभयो ।