आजदेखि कर्णालीमा PULSAR NS 125 बाइकको विक्री शुभारम्भ (भिडियोसहित)


 

३० भाद्र, सुर्खेत । बजाज मोटरसाइकल कम्पनीको सबै बढी विक्री भएको पल्सर मोटरसाइकलको नयाँ मोडल Pulsar NS 125 आज देखि कर्णाली प्रदेशमा पनि भित्रिएको छ ।

कर्णालीकोलागि बजाज मोटरसाइकल कम्पनीको अधिकृत विक्रेता असिम अटो पार्ट्सले कर्णाली राजधानी वीरेन्द्रनगरमा आज एक कार्यक्रमको शुभारम्भ गर्दै उक्त मोटरसाइकलको विक्री वितरण शुरु गरेको हो । २ लाख ७९ हजार ९ सय विक्री मूल्य रहेको यो मोटरसाइकलमा पल्सर एन सिरिजका अन्य वाइकमा जस्तै यसको लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरिरत रहेको छ । त्यस्तै यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४‍.४५ सिसीको विएस ६ इन्जिन जडान गरेको छ । किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न मिल्ने सुविधा दिइएको यसको अधिकतम पावर १२ पिएस र टर्क ११ एनएम तथा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गती ११८ किलोमिटर प्रतिघन्टा रहेको छ । यो वाइकले प्रतिलिटर इन्धन खपतमा ६० किलोमिटर माथी माइलेज प्रदान गर्ने कम्पनीले जनाएको असिम अटो पार्ट्सका प्रोप्राइटर लक्ष्मण कँडेलले बताउनुभयो ।


यसको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम व्रेक जडान गरिएको छ । स्पोर्टी स्प्लिट सिट रहेको  यो वाइकको सिट हाइट ८०५ एमएम तथा ग्राउन्ड क्लिरियन्स १७९ एमएम रहेको छ ।