वीरेन्द्रनगर बजार बन्द, व्यावसायीले बुझाए ज्ञापनपत्र (भिडियोसहित)


२८ असोज, सुर्खेत । बै‌ंकहरुले चर्को व्याज बढाएर व्यावसायीहरुलाई मानसिक यातना दिएको भन्दै कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरका व्यावसायीहरुले वीरेन्द्रनगर बजार बन्द गरेका छन् ।

व्यावसायीहरुले स्थानीय मंगलगढी चौकबाट विरोध र्याली गर्दै जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंक सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् ।

मुलुकमा पछिल्लो समय चुलिदै गएको आर्थिक संकटका वीच भरथेग गरेर मूलुकको अर्थतन्त्र धानिरहेको निजि क्षेत्रलाई नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन २०७९ र मार्गनिर्देशनको आडमा आर्थिकको अवसरलाई छोपेर निजि क्षेत्रलाई धरायसी बनाउने बैंकहरुले सिण्डिकेट लगाई कडाई गरेकोप्रति प्रतिवाद गर्न बन्द गरिएको संयूक्त व्यावसायी संघर्ष समितिका संयोजक लक्ष्मण कँडेलले बताउनुभयो ।