सुर्खेतमा IME Pay कर्पोरेट फुटसल प्रतियोगिता हुँदै

२१ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्पोरेट फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

तनाब छ जिन्दगी फाउन्डेसनको आयोजनामा यही कार्तिक २६ गते देखि वीरेन्द्रनगर बजारको गोदामलाईन सुर्खेत स्थित एम. एन. एस फुटसलमा प्रतियोगिता आयोजना हुनेछ बताइएको छ । तनाब व्यवस्थापन गर्ने उदेश्य लिएको तनाब छ जिन्दगी फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिताको विजेताले ३० के. जि. बराबरको खसी सहित ट्रफी र मेडल पनि प्राप्त गर्नेछ ।


प्रतियोगितामा टिम दर्ता शुल्क भने ६ हजार (१००० धरौटी रहेको) तोकिएको छ । दर्ता गर्ने अन्तिम समय कार्तिक २४ गते सम्म रहनेछ । विशेष गरि कर्पोरेट क्षेत्रमा कामको बढी तनाब हुने भएको र एक दिन भए पनि खेलकुदको माध्यम बाट तनाब व्यवस्थापन गर्ने उदेश्यले IME Pay कर्पोरेट फुटसल प्रतियोगिता आयोजन गरिएको तनाब छ जिन्दगी फाउन्डेसनका अध्यक्ष संजय योगीले जानकारी दिनुभयो ।