एमाले कर्णाली प्रदेश इन्चार्ज कंडेललाई शाक्यको चुनौती


२५ कार्तिक, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद शाक्यले आफ्नो चुनावी अभियानलाई तिव्र पार्दै जानुभएको छ । मतदाता माझ ब्यस्त शाक्यले वीरेन्द्रनगरको खानेपानी व्यवस्थापन, अव्यवस्थित बसोबास, बिजुली, सडक, शुसासनका कुराहरुलाई व्यवस्थित गर्नको लागि आफु चुनावी मैदानमा होमिएको बताउनुभएको छ ।

क्षेत्र नम्बर २ बाट अघि धेरै सांसद, जनप्रतिनिधिहरु भए पनि मतदाताको चित्त बुझाउन नसकेको भन्दै शाक्यले जनतालाई सन्तुष्ट पर्न सक्ने क्षमता आफु संग रहेको जिकिर गर्नुभएको छ ।

काँग्रेस नेता शाक्य संगै नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल चुनावी मैदानमा रहनु भएको छ । एमाले नेता कँडेल यसअघी पनि साँसद भैसक्नुभएको तर कँडेलले सुर्खेती जनताकोलागि राम्रो काम गर्न नसकेको भन्दै शाक्यले आफुलाई मतदात गर्न अनुरोध समेत गर्नुभएको छ ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको क्षेत्र नम्बर २ (क) शाक्यले राजधानीको पहिचान दिने गरी काम गर्ने बाचा जनतामाझ दावी गर्नुभएको छ । शाक्य र कँडेल यस अघि करिब ३० बर्ष अगाडी वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख पदका लागि समेत आमनेसामने भैसक्नुभएको थियो । त्यती वेला कँडेले बाजी मार्नुभएको थियो ।

काँग्रेसमा त्यागी र सालिन नेताको पहिचान बनाउनुभएका शाक्य सुर्खेतको सुकुम्बासी समस्या समाधान आयोग अध्यक्ष भएर समेत काम गरिसक्नुभएको छ । शाक्य संगै वाम लोकतान्त्रिक गठबन्धनबाट सुर्खेत क्षेत्र नम्बर २ को संघ तर्फ कांग्रेस नेता हृदयराम थानी र प्रदेशसभा (ख) गठबन्धनबाट माओवादी केन्द्रका बिन्दमान बिष्ट चुनावी मैदानमा छन् ।