व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नकाकालागि गठबन्धनः उपसभापति खड्का


१ मंसीर, सुर्खेत । चुनाव प्रचारप्रसारको आज अन्तिम दिन बाम लोकतान्त्रिक गठवन्धनले आज सुर्खेतको वीरेन्द्रनगरमा संयूक्त आमसभा गरेको छ ।

सभामा नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले एमालेको प्रतिगमन, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि पाँच दलिय गठबन्धन बनेको बताउँदै  गठबन्धन कुनै दलहरुको रहरले बनेको होईन, रातारात चुनाव जित्न पनि यो गठबन्धन बनेको होईन, एमालेको प्रतिगमन र, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि बनेको जिकिर गर्नुभयो ।

उहाँले एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा आफूलाई जनताभन्दा माथि ठान्दै व्यक्तिवादी शासनमार्फत् अलोकतान्त्रिक कदम चाल्न थालेपछि दलहरु सडकमा आएको र त्यही सडक आन्दोलनमार्फत् गठबन्धनको सिर्जना भएको बताउनुभयो । २०७४ मा एमाले अध्यक्ष ओलीले चुनाव जित्न रातारात गरेको गठबन्धन जस्तो यो गठबन्धन होईन ।’ उहाँले भन्नुभयो, अहिलेको निर्वाचनमा जनताको मतले संविधान भत्काउने वा रक्षा गर्ने निर्णय गर्ने भन्दै संविधानको रक्षा, देशको तिव्र विकास चाहने मतदाताले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

 

खड्काले अब मङ्सिर ४ गतेपछि बन्ने गठबन्धन सरकारले बजेट छुट्याउँदा कर्णालीलाई पहिलो प्राथमिकता दिनेगरी दलहरुबीच सहमति भएको खुलासा गर्दै ‘गठबन्धनले जितेपछि कर्णालीमा विकास निर्माणलाई व्यापक रूपमा उठाएका छौँ । जसका लागि कर्णालीमा विकास गर्नका लागि ठुला औजार, मेसिनहरु ल्याउन पनि गठबन्धनको सरकारले अगाडी बढाएको छ । ऐन निर्माण गरेर प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा अगाडी बढाउँन् जीवनबहादुर शाहीको सरकारले कामको थालनी गरेको छ ।’ साथै कर्णाली प्रदेशको छुट्टै नक्सा जारी गर्नका लागि आफ्नो ठुलो भूमिका रहेको दाबी समेत गर्नुभयो ।

सभामा गठबन्धन तर्फका उम्मेदवारहरु नेपाली काँग्रेस प्रतिनिधी सभा क्षेत्र नं. २ का हृदयराम थानी, प्रदेश सभा २ (क) का कालिप्रसाद शाक्य, प्रदेश सभा २ (ख) का नेकपा माओवादीका विन्दमान विष्ट लगाएत अन्य नेताहरुको सहभागिता रहेको थियो ।

(नेपालीरैवारको सहयोगमा)