सुर्खेत क्षेत्र नं. २ मा काँग्रेसका थानी विजयी


७ मंसिर, सुर्खेत । हालै सम्पन्न प्रतिनधि सभा तथा प्रदेश सभाको आम निर्वाचनबाट प्रतिनिधी सभा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी हुनुभएको छ ।

सुर्खेतको क्षेत्र नंम्बर २ मा कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीले पक्षमा ३४ हजार ६२५ प्राप्त गरि विजयी हुनभएको हो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अमृत बहादुर विसीले २९ हजार ५५८ मत प्राप्त गर्नुभएको थियो ।

नेता थानीले योसँगै संसदीय निर्वाचनमा ३ पटक जित्नुभएको छ । ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित हुनुभएको थियो ।

थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भैसक्नुभएको थियो ।