सुर्खेतको प्रदेश सभा २ (क) मा एमालेका कँडेल विजयी


८ मंसिर, सुर्खेत । हालै सम्पन्न प्रतिनधि सभा तथा प्रदेश सभाको आम निर्वाचनबाट प्रदेश सभा सुर्खेत क्षेत्र नम्बर २ (क) मा नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल विजयी हुनुभएको छ ।

कँडेलले १८ हजार ५६१ मत ल्याएर विजयी भएका हुनुभएको हो भने उहाँका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका कालिप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गर्नुभएको थियो । कँडेल एमालेबाट कर्णाली प्रदेशका मुख्य मन्त्रीका दाबेदार हुनुहुन्छ । उहाँले यसअघि पनि मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो ।