क्यान महासंघ सुर्खेत सम्हाल्दै गिरी


१७ मंसीर, सुर्खेत । कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुर्खेत शाखाको १० बार्षिक साधारण सभा तथा छैठौं जिल्ला अधिवेशन आज (शनिबार) सम्पन्न भएको छ ।

अधिवेशनले लोकेन्द्र बहादुर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा धर्मराज भण्डारी, सचिवमा उपेन्द्र मल्ल, कोषाध्यक्षमा लक्ष्मी बि.क, तथा सहसचिवमा मान बहादुर खड्कालाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा जीवन केशर खनाल, मेलिना मल्ल, दिब्यश्वर बराललाई चयन गरेको छ ।

अधिवेशनका प्रमुखअतिथी सुर्खेत उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश कुमार बस्नेतले करिव २०५० साल तिर आफुपनि यो क्षेत्रमा लागेको अनुभव सुनाउनुभयो । उहाँले क्यान महासंघ पनि उद्योग बाणिज्य संघ संग जोडिएको संस्था भएकोले कर्णालीको आइटी क्षेत्रका कामहरुमा हरेक किसिमका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अधिवेशनमा क्यान महासंघ सुर्खेत शाखाका संस्थापक अध्यक्ष रामकिशोर रावल, पूर्वअध्यक्ष पूर्णदेव अधिकारी तथा क्यान कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्दले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै निर्वाचन मण्डलका संयोजक अधिवक्ता दुर्गाप्रसाद सापकोटाले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

आज नै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले केन्द्रिय प्रतिनिधिमा संस्थापक अध्यक्ष रामकिशोर रावल र पूर्वअध्यक्ष प्रेम प्रकाश चन्दलाई सिफारिस गरेको छ ।

नवनिर्वाचित अध्यक्ष गिरीले कर्णाली प्रदेश सरकारले अघि बढाएको डिजिटल कर्णाली सेलाएता पनि आफ्नो कार्यकालमा आइटी सम्बन्धी विभिन्न कार्यक्रम तथा तालिमहरुको आयोजना गर्ने बताउनुभयो ।