दिनदहाडै गहना लुट्ने पक्राउ


सुर्खेत, ८ भदौ । सुर्खेतको वीरेन्द्रनगर बजारको मंगलगडी चोकबाट दिनदाहाडै सुनका गहना लुट्ने एकजना युवालाई प्रहरीले प्रकाउ गरेको छ । बजारमा हिडिरेको बेला ७४ वर्षिय बुद्ध महिलाले घाँटीमा लगाई राखेको ५ आनाको जन्तर खोसेर भाग्दै गर्दा प्रकाउ गरेको प्रहरीले जनाएको छ । घाँटीमा लगाएको गहना लुटेर भाग्दै गर्दा प्रहरीले लखेटेर वीच बजारमा समातेको बताएको छ ।


जिल्ला प्रहरी कार्यालयका डिएसपी बहादुुर मल्लले लखट्नेमा अरु पनि संलग्न भएकोले थप अनुसन्धानको लागि नाम सार्वजनिक नगरेको बताउनु भयो । वीरेन्द्रनगर लगाएत आसपासमा क्षेत्रमा दिनदाहाडै चोरीका घटना बढदै गएपनि प्रहरी मौन बनेको नागरिकहरुले गुनासो गरेका छन । यता प्रहरीले भने शान्ति सुरक्षामा प्रहरीकोतर्फवाट कुनै कसर बाँकी नराख्ने उल्लेख गरेको छ ।