दीपक ‘रंग होली’ लिएर आउँदै


काठमाडौं-गायक दीपक लिम्बुले पाँचौ एकल एल्बम ‘रगं होली’ लिएर फेरि आउँदैछन्। बिहीबार एक महिने सांगीतिक यात्राको लागि बेलायततर्फ जान लागेका गायक लिम्बुले ‘रंग होली’ एल्बमको गीतहरु प्रवद्धन गर्नेछन्।

नेपाली संगीतमा व्यस्त गायक लिम्बुले एक वर्षपछि एकल एल्बम श्रोतामाझ ल्याउन लागेका हुन्। औपचारिक वैशाखमा हुन्छ। ‘नेपाली संगीतमा व्यस्त भएपनि शुभचिन्तकहरुको लागि एक वर्षको अन्तरालमा ‘रंग होली’ ल्याउन लागेको हुँ,’गायक लिम्बुले भने,’नेपाली संगीतलाई निरन्तरता दिन एल्बम सार्वजनिक गर्ने तयारीमा छु। एल्बममा आधुनिक पप र डान्सिङ सबैप्रकारका मिक्स गीतहरु समेटेको छु।’
नेपाली ताराबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक लिम्बुले करिव १५ सय गीतहरु गाइसकेको दावी गरे । यसअघि उनले ‘नेपाली तारा’, ‘श्रोता’ र ‘श्रव्य’ नामक एल्बममा ल्याइसकेका छन् । ‘सबैप्रकारका गीतहरु गाइरहेको छु। एल्बममा रमाइलो खालका गीतहरुलाई राखेको छु। केही दिनमा एल्बमको गीतहरु श्रोतामाफ पुग्नेछ,’उनले भने ।
६ वटा गीत रहेको एल्बमलाई उनले स्थापना गरेको श्रव्य म्युजिकले बजारमा ल्याएको छ । एल्बमका सबै गीतहरुलाई उत्तमजंग लिम्बु लावतीले तयार गरेर संगीत दिएका छन् । ‘रंग होली’, ‘के सम्झ्यौ मलाई’, ‘गासै आज’, ‘हाम्रो चिनजान’, ‘घुम्टो उघारी’ र ‘बिस्तारै बोल तिमी’ लगायत गीतहरु एल्बममा समेटिएका छन् । एल्बममा आधुनिक, पप र लोक शैलीका गीतहरु छन् । उनका ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’, ‘मैले माया’, ‘सिम्पल सिम्पल’,’निष्ठुरीले माया’ र ‘मेरो कल्पनामा’ लगायत गीतहरु चर्चामा छन् ।
साभारः नागरिक न्यूज