सुर्खेत बुलबुले ताल


सुर्खेत बुलबुल ताल माया मै सानो हुनाले छुट्यो माया जाल….’ कुनै समय चर्चित नेपाली लोकगीत गीत हो यो । यो गीतले प्रेमका कुरा मात्रै नभएर यसले सुर्खेतको वर्णन पनि गरेकोछ ।
 
यो बुलबुले ताल सुर्खेत वीरेन्द्रनगरको पहिचान हो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुलबुले ताल २४ बिगाहा क्षेत्रफलमा फैलिएर रहेकोछ । जमिनमुनीबाट बुलबुल गर्दै निस्कने पानीलाई संकलन गरी कृतिम रुपमा बनाइएको ताल हो ।
यो तालमा पुरुष र महिलाकालागि स्नान गर्नकालागि ५/५ वटा धारा रहेको छ । यही धाराबाट बगेको पानी उद्यानको तल्लो भागमा पानीको ठूलो ताल बनी बसेको छ । ताल वरिपरी बनाइएको आर्कषक उद्यानले पर्यटकको मन लोभ्याउँछ । एकान्तमा बगैचामा आनन्दसँग बस्न चाहनेहरुका लागि यो बँगैचा उपयुक्त थलो हो ।
 
यहाँ विभिन्न संघसंस्था तथा विद्यार्थीहरु पिकनिक लागि पनि आउने गर्दछन् । यसै तालको पानीले खुख्खायामको समयमा केदी हद सम्म खानेपानीको समस्या पनि टार्ने गर्दछ । बिस २०३० सालमा तत्कालिन राजा बीरेन्द्रको सुर्खेत भ्रमणका क्रममा उनकै निर्देशनमा उक्त उद्यान निर्माण गरिएको हो ।