हङकङविरुद्ध नेपालद्वारा रोमाञ्चक जित दर्ता


nepal-women-cricket२७ असोज, काठमाडौं । आइसीसी महिला विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगितामा नेपालले हङकङलाई ६ रनले हराएको छ । कमजोर ब्याटिङका बाबजुद कसिलो बलिङको मद्धतमा नेपालले बिहीबार हङकङविरुद्ध जित रोमाञ्चक जित दर्ता गरेको हो ।

नेपालले दिएको ७६ रनको लक्ष्य लिएर ब्यटिङमा आएको हङकङ १७.४ ओभरमा ६९ रन बनाउँदा अल आउट भयो । यसका लागि नेपालकी करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिइन् भने सीता रानामगरले २ विकेट झारिन् ।

रुबिना क्षेत्री, निर्मला कुमारी र सबनम राईको नाममा एक-एक विकेट रह्यो । हङकङका लागि केरी चेनले १८, मारिको हिलले ३ र केनु गिलले १०रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।

यसअघि ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । सुरुवातमै विकेट गुमाएपछि दबावमा परेको नेपालका लागि करुणा भण्डारीले सर्वाधिक १९ रन जोडेकी थिइन् । यसैगरी इन्दु बर्माले १५, ज्योति पाण्डेले ११ तथा नेरी थापाले १० रन बनाएका थिए ।

यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसकेपछि नेपाल ७५ रनमै सीमित भएको थियो । कमजोर स्कोर भएपनि नेपाली बलरको धारिलो बलिङले जितका ागि भूमिका खेल्यो ।

साभारः अनलाइन खबर