सुर्खेतको लादेमा फोर्स गाडी दुर्घटना


३० असोज सुर्खेत । दैलेखबाट सुर्खेततर्फ आइरहेको ना ३ ख ४२७६ नम्बरको मध्यपश्चिम यातायात व्यवसायीको फोर्स गाडी दुर्घटना भएको हो । गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिएसपी दिवाकर सिंहले जानकारी दिए ।

उनका अनुसार १३ जना यात्रु घाइते भएका छन् । ‘गाडी सडकमा पल्टिएको छ । दुर्घटनामा कसैको मृत्यु भएको छैन् ।’ सिंहले भने,–‘घाइते सवैको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भैरहेको छ ।’

फ्रोस गाडीमा १९ जना यात्रु सवार थिए । तर घाइतेहरुको नामावली संकलन गर्ने क्रम जारी रहेको पनि क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

साथै मध्यपश्चिमाअञ्चल अस्पतालमा उपचार गराई रहेका घाईते मध्य दुई जनालाई थप उपचारका लागी नेपालगंज रिफर गरिएको मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघका कर्मचारी सुरेश मानन्धरले जानकारी दिए ।
साभारः पश्चिम नेपाल अनलाइन