बंगबन्धु गोल्डकपको उपाधी नेपाललाई


काठमाडौं- बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। नेपालले बहराईनलाई ३-० मा स्तव्ध बनायो। नेपालका लागि विमल घर्तिमगरले खेलको चौथो मिनेटमा पहिलो गोल गरे, यस्तै दोस्रो गोल ८७ औं मिनेटमा विशाल राईले गरे भने तेस्रो गोल इन्जुरी समयमा नवयुग श्रेष्ठले हेड मार्फत गरे। 
नेपाली राष्ट्रिय टोलीले २३ बर्ष पछि उपाधी जितेको हो। अस अघि सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा भारतलाई पेनाल्टीमा हराउँदै नेपालले उपाधी जितेको थियो। यधपी नेपाल (रातो) ले सन् २००९ मा काठमाडौंमा भएको प्रधानमन्त्री कपको उपाधी जितेको थियो।
यो जितसँगै प्रशिक्षक बालगोपाल महर्जन राष्ट्रिय यू-१९ र सिनियर टोलीलाई उपाधि जिताउन मदत गरे ।
यसैवीच बंगबन्धु गोल्डकप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई अखिल नेपाल फुटवल संघ (एन्फा) नगद पाँच/पाँच लाख दिने घोषणा गरेकोछ।
एन्फाले आधिकारीक ट्विटर एकाउन्ट मार्फत खेलाडीलाई ५ लाख दिने घोषणा गरेको हो। 


साभार : नागरीक अनलाइन