शरीरको वारपार भयो ६ फिट लामो रड, यस्तो भयो युवकको हाल


china_1481003680चीनमा निकै अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ हुईझोउ शहरमा निर्माणाधिन स्थलमा एक बिल्डरको शरिरमा ६ फिट लामो रड वारपार भएको छ ।

china-1_1481003680स्थानीय मिडियाका अनुसार २८ वर्षका फेन्गको शरिरमा छिरेको ६ फिट ६ इन्च लामो रडलाई डाक्टरहरुले दुई घण्टाको शल्यक्रिया पश्चात् निकाल्न सफल भएका थिए जसका कारण उनको ज्यान बच्न सफल भयो ।

china-2_1481003681गत २९ नोभेम्बरमा उक्त घटना भएको हो । सात तल्लाबाट खसेको उक्त रड तल उभिइरहेका फेन्गलाई लाग्यो जुन शरिरको वारपार भयो । घटनापश्चात् उनलाई तुरुन्त अस्पताल पुर्याइयो । फेन्ग पूर्ण रुपमा होसमा थिए र उनी त्यहाँ उपस्थित मानिसहरुसँग कुराकानीसमेत गरिरहेका थिए ।

china-3_1481003681डाक्टर याङ्ग वेन्दोङ्गका अनुसार रड यति लामो थियो कि मेडिकल स्टाफले उनलाई सर्जिकल बेडमा पनि सुताउन सकिरहेका थिएनन् । उनको रड काट्नका लागि फायरफाइटर्सको समूहलाई अस्पतालमा बोलाइयो र शल्यक्रिया गर्नुपूर्व ३ फिट रड काटियो ।

china-4_1481003681डाक्टरका अनुसार रडले फेन्गको पेट, फोक्सो, कलेजो र मृगौलालाई छोडेर बाहिर निस्किएको थियो । भाग्यको कुरा त के छ भने उक्त रडले रगत धेरै बग्ने कुनै पनि अंगमा हानी पुर्याएन ।

डाक्टरको समूहलाई उनको शरिरको रड निकाल्नका लागि दुईदेखि तीन मिनेट लाग्यो । डाक्टरका अनुसार घाउका कारण बिरामीको कम्मरमा हल्का संक्रमण भएपनि उनी पूर्ण रुपमा फिट छन् ।

साभारः रातोपाटी