जीवन बचाई दिन १४ वर्षीय बिमलाको अपिल


एक सातादेखि काठमाडौंमा उपचार गराइरहेकी विमला नेपालीले आफ्नो जीवन बचाई दिन आग्रह गरेकी छन् ।

उपचार खर्च अभावले अस्पतालमै संघर्ष गरिरहेकी दैलेख सिहासैन गा.बि.स वडा.न ५ की १४ वर्षीया विमलाले यस्तो आग्रह गरेकी हुन् ।bimala

गत साउनमा घाँस काटन जंगल गएकी विमला चिप्लिएर भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनको परिवारले समयमै उपचार गर्न सक्दा हाल उनी अस्पतालको सैयामा छन् ।

गाँउमै विभिन्न खालका जडिवुटीको प्रयोग गरें तर सञ्चो भएन झन झन जटिल भएपछि अस्पताल ल्याउँदा उपचार गर्ने रकम नभएको उनका बुवा अमर नेपालीले बताए ।

‘आफूसँग भएको रकमले कोहलपुर सम्म पु¥याएको र त्यहाँ समेत उनको उपचार सम्भव नभएपछि काठमाडौं स्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याई उपचार गराइरहेको छु ।’ उनले भने ।


अमरले आफूसँग उपचार गर्ने खर्च समेत नभएको थाहा पाएर केहि समाजसेवी मनले सहयोग गरेका र उक्त सहयोगले छोरीको अप्रेसन गरेको जनाए ।

अप्रेसन सफल भएपनि अब छोरीलाई अस्पतालले भने अनुसारको औषधी किनेर दिन समस्या भएको उनको भनाई छ ।

लाँउ–लाउँ र खाँउ–खाँउ अवस्थामा रहेकी छोरीको उपचार गर्न आर्थिक रुपमा समस्या भएको हुँदा छोरीको ज्यान जोगाइदिन उनले सबैमा आग्रह गरेका छन् ।

अस्पतालको वेडमा जीवनसँग बाँच्न संघर्ष गरिरहेकी विमला नेपालीले आफ्नो बाँच्ने रहर भएको भन्दै आफ्नो ज्यान बचाइदिन सरकारी तथा गैरसरकारी निकाय, समाजसेवि मन सबैलाई आग्रह गरेकी छन ।

उता काठमाडौंमै उपचार गर्ने बारे आवश्यक सहयोग गर्दै आएका लोकेश आचार्यले उनको जीवन रक्षाका लागि आवश्यक पहल गरिदिन सबैलाई आग्रह गरे । अहिले अस्पतालमा लाग्ने शुल्क सबै फ्रि गराइको, सरकारले १ लाख बराबरको सुविधा प्रदान गरेता पनि अब बालिकाको स्पाइरन इन्जूरी भएको ठाँउमा इम्लान्ट राखिएको र त्यसको खर्च करिब १ लाख थप लाग्ने भएको छ ।

अस्पतालमा मूख्य औषधीहरु नभएको हुँदा महँगो शुल्क तिर्नुपरिरहेको आचार्यले बताए । अहिलेसम्म करिब १ लाख पचासहजार बढी रकम खर्च भइसकेको आचार्यले जानकारी दिए । उनका अनुसार औषधी अन्यत्रबाट ल्याउनुपर्ने तर उनिहरुसँग औषधी किन्ने पैसा समेत नभएको बताए ।स्रोतः पश्चिमनेपाल ।