गीतको धुनमा नाच्छ यो विरुवा


के तपाइँले कहिल्यै कुनै रुख नाचेको देख्नुभएको छ ? हुण्डरी चल्दा हावाले यताउति नचाउनु बाहेक कुनै गित बज्दा रुख नाच्यो भन्ने अहिलेसम्म सुनिएको थिएन । तर भारतमा एउटा यस्तो विरुवा देखा परेको छ जुन गित बज्ने बित्तिकै नाच्न सुरु गर्छ ।

भारतको उत्तराखण्डस्थित हल्द्वानी वन अनुसन्धान नर्सरीमा एउटा यस्तो विरुवा छ जुन म्युजिक सुरु हुने बित्तिकै हल्लिन थाल्छ ।

अनुसन्धान केन्द्रले अब उक्त नाच्ने रुखको नर्सरी नै तयार गर्न लागेको छ । यो रुखको वैज्ञानिक नाम डेस्मोडियम जेरस हो । अधिकारीका अनुसार उक्त रुखको नजिकै गएर चर्को स्वरमा संगीत बजाउँदा त्यसका पात हल्लिन थाल्छन् । यो नाच्ने रुखलाई टेलिग्राफ प्लान्ट पनि भनिन्छ । यो विरुवा औषधिय गुण भएको विरुवा हो ।

साभारः अनलाइनखबर