सुनको भाउ घट्यो


काठमाडौं, १९ जेठ ।
सुनचाँदीको भाउमा उतार-चढाव आउने क्रम जारी रहेको छ । हप्ताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार ३ सय ५० रुपैयाँ तोकेको छ । गत शुक्रबार एकैदिन तोलामा साढे ११ सय रुपैयाँ बढेर ५२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा छिटो-छिटो उतार-चढाव आइरहेको छ । नेपाली बजारमा अन्तर्राष्ट्रिय बजार मूल्यले प्रत्यक्ष प्रभाव पार्ने हुँदा सुनको भाउ स्थिर रहन नसकेकोे हो । आइतबार तेजाबी सुनको मूल्यपनि तोलामा हजार रुपैयाँ घटेर ५१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजाबी सुन तोलाको ५२ हजार १ सय रुपैयाँमा करोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि तोलामा १९ रुपैयाँ घटेको छ । महासंघका अनुसार बजारमा चाँदी तोलाको ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी १९ रुपैयाँ नै बढेर ८ सय ८९ रुपैयाँमा कारोबार भएको थियो ।