सुर्खेतीयुवा राजेशको “फर्केनौ साईला” (भिडियो)


Rajeshआफ्नो परिबार संग सुख दुखमा संगै रहने चाहना त सबैको हुन्छ । तर आज पनि विभिन्न कारण आफ्ना आफन्तलाई छोडी परदेशको भूमिमा पसिना बगाउदै छन् लाखौ नेपाली युवा शक्ति ।
आफ्नो भबिस्य अनि परिबारका सुखको लागि आफ्ना खुशीलाई तिलान्जली दिदै आफ्नो परिबारलाई छोडेर गएर सबै जना परिवारकै खुशीका लागि समर्पित छन् त ? बिबसता अनि बाध्यतामा आफ्ना बिगत र परिवारको सम्पर्क बाहिर रहेकाहरुको यादमा उसलाई आफ्नो ठान्नेहरुको मनमा उब्जने भाबलाई समेटी तयार पारिएको गीतको भिडियो हालै सार्बजनिक गरिएको छ ।
डम्बर नेपालीको शब्द/संगीतमा एक बर्ष अघि नै रिलिज तारा थेबे लिम्बुको स्वरमा रहेको “फर्केनौ साईला” बोलको गीतको भिडियो भने हालै रिलिज गरिएको छ । सुर्खेतीयुवा राजेश आचार्य र मन्जुला गिरीको अभिनय रहेको यस गीतको भिडियो एभरेस्ट ग्यालरीले निर्माण तथा बजार ब्यबस्थापन गरेको हो । सन्तोष लिम्बुको छायांकन र सम्पादन रहेको उक्त भिडियोलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन् ।