फाल्गुन २७, २०७३-
लेखक/निर्देशक : तुलसी घिमिरे
संगीत : रनजित गजमेर, चन्दन लोमजेल
कलाकार : पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाईं, सरोज खनाल, बीएस राणा आदि ।
डेढ दशकअघि तुलसी घिमिरेकै लेखन तथा निर्देशनको चलचित्र ‘दर्पणछायाँ’ले धेरै राम्रो सफलता एवं चर्चा पाएको थियो । उक्त चलचित्रको सिक्वेलका रूपमा आज शुक्रबार चलचित्र ‘दर्पणछायाँ–२’ प्रदर्शनमा आउँदैछ । ‘दर्पणछायाँ’मा त्रिकोणात्मक प्रेमकथा थियो भने ‘दर्पणछायाँ–२’ मा पनि त्रिकोणात्मक प्रेमकथा नै छ ।
‘दर्पणछायाँ’मा एक युवती तथा दुई युवकबीचको प्रेमकथा बुनिएको थियो भने ‘दर्पणछायाँ–२’ मा एक युवक र दुई युवतीबीचको प्रेम समेटिएको छ । पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ तथा चलचित्र ‘अझै पनि’मा सहनायकको भूमिका निर्वाह गरेका पुष्प खड्का ‘दर्पणछायाँ–२’बाट पुष्पलका रूपमा पदार्पण हुँदैछ । यो चलचित्र टिनएजर प्रेमकथामा आधारित भएको बताइन्छ । रामेश्वर कार्कीको छायांकन तथा भारती घिमिरे एवं प्रकाश बराइलीको सम्पादनको चलचित्र ‘दर्पणछायाँ–२’ का निर्माता सबु गदाल कार्की तथा रवि कार्की हुन् ।
साभारः साप्ताहिक (कान्तिपूरअनलाइन)
Prawash Kumar Shakya । २७ फाल्गुन २०७३, शुक्रबार ०६:४५ बजे