धुर्मुस सुन्तली फाउन्डेसनलाई २९लाख सहयोग


ctlogo-400x200काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्स्प्रेस मनी ट्रान्सफरले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग राशी स्वरुप रु २९ लाख हस्तान्तरण गरेको छ ।

सिटी एक्सप्रेसद्वारा जापानको नाकानो जिरो हलमा आयोजित ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमका दौरान धुर्मुस सुन्तली अर्थात् लोकपि्रय हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सो रकम हस्तान्तरण गरिएको हो । कम्पनीका तर्फबाट सिटी एक्स्प्रेसका अध्यक्ष महेशकुुुमार श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

च्यारिटी कार्यक्रमका रुपमा आयोजित धुर्मुस-सुन्तली साँझमा उपस्थित दर्शकहरुबाट रु. १४ लाख संकलन भएको जानकारी दिइएको छ । यसरी संकलित रु. १४ लाखमा सिटी एक्स्पे्रसले थप रु १५ लाख थपेर धुर्मुस सुन्तली फाउन्डेशनलाई एक मुस्ट नगद रु २९ लाख प्रदान गरेको हो ।

धुर्मुस सन्तली फाउन्डेशन भुकम्प पिडितहरुको राहतका लागि बासस्थान निर्माण लगायत कार्यमा सक्रिय भएर लागि परेको संस्था हो । संस्था मार्फत थप पिडितलाई राहत प्रदान गर्न सघाउने सोंचका साथ उक्त रकम हस्तान्तरण गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।


कार्यक्रम स्थलमा सिटी एक्सपे्रसद्वारा लक्की ड्र कार्यक्रमको आयोजनापनि गरिएको थियो । लक्की ड्र मार्फत छनोटमा परेका ३० जना भाग्यशाली विजेताहरुलाई कम्पनीका तर्फबाट १२ पटक सम्म नेपालमा पैसा पठाउन निःशुल्क सेवा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

गोलाप्रथा मार्फत सिटी ट्राभल एण्ड सिटी एक्सप्रेसको तर्फबाट एक जना भाग्यशाली विजेतालाई नेपाल जाने र आउने दूईतर्फी टिकट प्रदान गरिएको छ । विजेता छनोट भएका रमेश केसीले सो टिकट हात पारेका छन् । उनले नेपाल जाने आउने दुइतर्फी हवाई टिकट जितेका छन् । विजेता केसीलाई सिताराम कट्टेल -धुर्मुस) , सिटी एक्सपे्रस जापानका अध्यक्ष महेशकुुुमार श्रेष्ठ तथा सिटी ट्राभलका म्यानेजर दिनेश केसीले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।

सिटी एक्सप्रेस -जापान)ले विशेषगरी भारत, पाकिस्तान, फिलिपिन्स, बङ्गलादेश, कतार, साउदी अरब, दुबई, मलेशिया, अमेरिका, जोर्डन, बेलायत लगायत रेमिटान्स पठाउने कार्य गर्दै आएको छ । साथै, सो कार्यक्रममा सहभागी सबैलाई टिकट लिएर आएमा १ पटक जापान बाट नेपाल पैसा पठाउन निःशुल्क सेवा प्रदान गर्ने जानकारी प्राप्त भएको छ ।

साभारः अनलाइनखबर