सहकारी निती निमार्ण सम्बन्धी तालिम सुरु


सुर्खेत, १३ भदौ । सहकारी निती तथा सहकारीहरुका लागि तीन दिने सहकारी निती निर्माण तालिम मंगलवार देखि वीरेन्द्रनगरमा सुरु भएको छ । यु एस ए आइडीको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहल अन्तर्गत तालिम सञ्चालन भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै पहल कार्यक्रमका जिल्ला संयोजक भीमराज वास्तोलाले सहभागिहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा लागु गरी अरुलाई समेत सिकाउन आग्रह गरे । उनले सहकारी सञ्चालन गर्न सहकारी सम्बन्धीका निती निमार्णका बारेमा गाउँ स्तरमा चेतना फैलाउने उद्देश्यले तालिम आयोजना गरेको बताए । सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले सहकारी मार्फत युवालाई स्वरोजगार बनाउन सकिने भन्दै गाउँ गाउँमा रहेका सहकारीहरुलाई विभिन्न सहकारी व्यवस्थापन तथा सहकारी संचालनका लागी चाहिने आवश्यक तालिमहरु प्रदान गरी एक सक्षम सहकारी बनाउने उद्देश्य रहेको बताए । तालिममा पहल परियोजना लागु भएको मध्यपश्चिमाञ्चलका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, प्युठान, रोल्पा र रुकुम गरी सात जिल्लाका ३० जना सहभागिहरु हरेका छन् ।
सुन्दर नेपाल संस्थाका कार्यकारी निर्दैशक भुपेन्द्र प्रसाद कडेंले स्वागत मन्तव्य दिएको तालिममा प्रशिक्षक, बचत तथा ऋण बिशेषज्ञ बिष्णु कुमार श्रेष्ठले तालिमको अवधि भर सहजीकरण गर्ने, परियोजनाका बित्तिय सेवा अधिकृत मिलन श्रेष्ठले जानकारी दिए ।