ओहो, उत्तेजनाको कडी !


-डा. सुबोध पोखरेल

यौनलाई अनुभूतिको हिस्सा त्यसै भनिएको होइन । कारणः यो विषय मान्छेको संवेग र संवेदनास“ग जोडिएको हुन्छ । त्यसैले पनि यौन उत्तेजना सबैभन्दा पहिला मान्छेको मस्तिष्कले अनुभव गर्छ । यस्तो अनुभवपछि सवै नशामा रगत छिटोछिटो बढ्छ । यही कारणले उत्तेजित अवस्थामा अनुहार पनि रातो देखिन्छ । महिलामा नाक, कान, आँखा, स्तन र योनीको भित्ता फुल्न थाल्छ । मुटुको धड्कन बढ्छ । योनिद्वारको बारथोलिन ग्रन्थीबाट तरल पदार्थ निस्कन शुरु गर्छ ।

चिकित्सकका अनुसार, लिंग योनीको भित्री भागमा नपुग्दासम्म महिलामलाई चरम आनन्द महसुस हुँदैन । यौन उत्तेजनाको समयमा महिलाको योनीको भित्री भाग र मलद्वार आसपासको मांशपेशी फुल्ने र सुक्ने गर्न थाल्छ ।

सम्भोगमा हरेक महिलालाई एकै प्रकारले चरम आनन्द मिल्छ भन्ने हुँदैन । हरेक महिलाको अंगले फरकफरक प्रकारको अनुभव लिन सक्छ । केही महिलामा सम्भोगको वेला एकपटक गर्भाशयको ढोका खुलेको र बन्द भएको अनुभव हुन सक्छ । यस्तो अवस्थामा महिलाको मुखवाट आवाज पनि आउन सक्छ । केही महिलामा सम्भोगको समयमा योनी, मलद्वार र नाइटोदेखि खुट्टासम्म तरंग आएको अनुभव हुन्छ । त्यसले पनि महिलामा चरम आनन्द प्राप्त हुन्छ ।

कतिपय महिलालाई सम्भोगका वेला योनीभित्र बेलुन फुटेको जस्तो अनुभव हुन्छ । यो योनीभित्र तीव्र हलचलको संकेत हो । यसले महिलालाई चरम आनन्द मिल्छ । चिकित्सक हरिनारायण गुप्ताका अनुसार, पुरुषलाई वीर्यपतन र महिलालाई घर्षणको समयमा चरम आनन्द प्राप्त हुन्छ । खुला मन र शान्त मुद्रामा सम्भोग गरे जो कोहीलाई पनि चरम आनन्द प्राप्त हुनसक्छ । लिंगको मोटाई वा लम्बाईले यौन आनन्दमा प्रभाव पार्दैन । यौन कार्यमा महिला र पुरुषको निर्लिप्तताले नै संभोगमा आउने आनन्दको मानक तय गर्छ ।

धेरै मान्छेले सम्भोगको समय सीमाबारे पनि चिन्ता व्यक्त गरेको सुनिन्छ । तर समय र सम्भोगको आनन्दको खास तादात्म्य हँुदैन । छोटो समयमा वीर्य स्खलन हुनुलाई आनन्द प्राप्त नभएको भन्न मिल्दैन । सम्भोगकालागि २ देखि ५ मिनेटको समय नै काफी हुन्छ । समय लम्ब्याउनकैलागि केही मानिसले मदिरा सेवन गरेर यौन सम्पर्क गरे पनि स्वास्थ्य र यौनजीवनका हिसावले यो काम राम्रो मानिदैन ।

साभारः डा सुबोधपोखरेलको फेसबुकबाट