बुद्ध लामा बने पहिलो नेपाल आइडल, निशान बने फस्ट रनरअप (भिडियो)


७ असोज । कतारको दोहामा हिजो शुक्रवार भएको नेपाल आइडलको ग्राण्ड फिनालेबाट पोखराका बुद्ध लामा पहिलो नेपाल आइडलको उपाधी चुम्न सफल भएका छन् । लामाले निशान भट्टराई तथा प्रताप दासलाई उछिन्दै पहिलो नेपाल आइडल भएका हुन् ।

फिनालेकालागि  ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भएको भोट बाट लामाले ४ करोड ४८ लाख ४५ हजार २६३ भोट प्राप्त गरि प्रथम हुदै उनले महिन्द्राको KUV कार २०लाख नगद र १५ लाखको गिति एल्बमको सम्झौता आफ्नो पोल्टामा पार्न सफल भएका हुन ।

लामालाई पहिलो नेपाल आइडलको ताजा चर्चित कलाकारद्वय (मह) मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पहिर्याइ दिएका थिए ।

सेकेण्ड रनरअप निशान भट्टराईले ३ करोड ५० लाख २सय २३ भोट प्राप्त गर्दै सेकेण्ड रनरअप भएका हुन उनले उपहार स्वरुप रु १५ लाख प्राप्त गरे भने १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट प्राप्त गर्दै प्रताप दास तेश्रो भए उनले उपहार स्वरुप रु १०लाख प्राप्त गरेका थिए ।