पूर्व उपप्रधानमन्त्री निधिद्धारा रावणबध


जनकपुरधाम, असोज १५ – पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले दसैं अन्तर्गत गए राति जनकपुरधाममा रावणबध कार्यक्रम सम्पन्नमा सहभागि भएको छन् ।
विजयादशमीका दिन रावणमाथि विजय प्राप्त भएको धार्मिक मान्यतानुसार महावीर युवा कमिटीले आठ वर्षदेखि रावण वध कार्यक्रम आयोजना गर्दै आएको छ । पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले गंगासागर र धनुषसागरका डिलमा रावण, कुम्भकर्ण र मेघनाथको बनाइएको प्रतिमामा धनुषले आगो प्रज्वलन गरी वध गरेका थिए । सो कार्यक्रम हेर्न गंगासागर र धनुषसागरको वरिपरि भीड लागेको थियो ।

साभार :  नागरिक न्यूज