‘ॐ मणि पेमे हुङ’ को अर्थ र जप गर्दा हुने लाभहरु


शक्ति र शान्तिको मन्त्र “ॐ मणि पेमे हुङ”को अर्थ

ॐ : ॐ ले शिर अर्थात् मन्त्रको शिर जनाउछ तसर्थ ॐ भनेको मन्त्रको शिर वा टाउको हो भनेर बुझ्नुपर्दछ ।

मणि : मणिले बहुमुल्य अर्थात् बहुमुल्य रत्न जनाउछ |तसर्थ मणि भनेको बहुमुल्य रत्न हो भनेर बुझ्नुपर्दछ । जुन आर्य आवलोकेश्वरको हातमा प्रत्यक्ष देख्न सकिन्छ।

पेमे : पेमे ले जगतमा सबै भन्दा राम्रो फुल अर्थात कमलको फुल जनाउछ तसर्थ पेमे भनेको कमलको फुल हो भनेर बुझ्नुपर्दछ। जुन फुल पनि आर्य आवलोकेश्वरको हातमा देख्न सकिन्छ ।

हुङ : हुङले चित्त बज्र अर्थात आत्मा बज्रको बीउ यानिकी बिज जनाउछ तसर्थ हुङ भनेको चित्त बज्रको बीउ हो भनेर बुझ्नुपर्दछ ।

एकमुष्टमा भन्नू पर्दा “ॐ मणि पेमे हुङ” भनेको “हे रत्न र कमलको फुल बोकि रहेको आर्य आवलोकेश्वर हामी असंख्या जगत प्राणीहरुमा दया,माया,करुणा र बोधिचित्त उत्पाद गर्ने शक्ति वा अबिशेक प्रदान गर्नुहोस्” भनेर आर्य आवलोकेश्वर प्रति बिन्ती चढाउने बिन्ती स्तुति अर्थात् बिन्ती बन्दना हो भनेर बुझ्नुपर्दछ ।

“ॐ मणि पेमे हुङ” जप गर्नाले के कस्ता फाइदाहरु उठाउन सकिन्छ ?

“ॐ मणि पेमे हुङ” निरन्तर जप गर्नाले चाडैं नै छ परामिता ज्ञान र छ अबिशेक ज्ञानले भरी पूर्ण हुने ।
“ॐ मणि पेमे हुङ” निरन्तर जप पाठ गर्नाले छ वटा क्लेस बरनहरु सर्वनाश हुँदै जाने ।
“ॐ मणि पेमे हुङ” निरन्तर जप गर्नाले छ वटा बोधी ज्ञानहरु प्राप्त गर्न सकिने ।
“ॐ मणि पेमे हुङ” निरन्तर जप मोन्लाम गर्नाले पन्च मार्ग र साथमा सर्वज्ञा मार्गको गम्भीर यात्र सजिलै संग सफल हुने ।
“ॐ मणि पेमे हुङ” निरन्तर जप गर्नाले मृत्युु पश्चात् आर्या आवलोकेश्वरको सुखवती भुमिमा जन्मिने ।

आधार अर्थात सपुत

– सर्वज्ञा गौतमबुद्ध भन्नू हुन्छ :आँखाले देख्न नसकिने जस्तै स-साना कण वा धुलोहरु एक एक गरि गन्ती गर्न सकिन्छ तर “ॐ मणि पेमे हुङ” भनेर निरन्तर जप गरेको महापुन्य कहिल्यै गन्न सकिँदैन ।

– सर्वज्ञा गौतमबुद्ध फेरि पनि भन्नू हुन्छ : सीता,गंगा , यामुना,सिन्धु,पश्यु,ब्राह्मपुत्र,चन्द्र बङ्गाल जस्ता ठुलाठुला समुन्द्र वा नदिको पानी थोपाथोपा गरि गन्ती गर्न सकिन्छ तर “ॐ मणि पेमे हुङ” जप गरेको कर्मपुन्य कहिल्यै गन्ती गर्न सकिँदैन ।

– अबको दिनमा यहाँहरु सम्पुर्णले चोरी,डकैती ,हिंशा,हत्या,जस्ता गलत नीतिहरु सदासदाको लागि परि त्याग गरि प्राणी जगत कै हित र कल्याणको निमित्त आर्या आवलोकेश्वर मनमा राखेर “ॐ मणि पेमे हुङ” जप मोलाम् गर्नुभई यसको पुरै फाइदाहरु उठाउन सकिन्छ |

साभार : बुद्ध खबर